0 COMMENTS

कल्पना बोहरा ,साउन १६, अछाम/अछामका साँसदले आफ्नो साँसद विकास कोषवाट जनताका लागि खरिद गरेको एम्वुलेन्स अछाम आईपुगेको छ । ब्यावस्थापिका संसदमा अछामवाट प्रतिनिधित्व गर्ने साँसद जानकी साउद रावलको साँसदविकास कोषवाट अछामको भटाकाटीया स्वास्थ्यचौकीका लागि खरिद भएको एम्वुलेन्स अछाम आईपुगेको हो ।

एम्वुलेन्सको अभावमा समयमै उपचार सेवा नपाँउदा अछामको ग्रामिण भेगका जनताहरुले अकालमै ज्याँन गुमाउनु परिरहेको दुःखद अवस्थालाई मध्यनजर गर्दै आफुले एम्वुलेन्सका लागि बजेट बिनियोजन गरेको साँसद साउदको भनाई छ । रामारोशन गाँउपालिका ६ भटाकाटीया स्वास्थ्यचौकीमा रहने गरि उक्त एम्वुलेन्स खरिद गरिएको जनाईएको छ । रामारोशन गाँउपालिका जोड्ने दर्ना पुल सञ्चालन हुन नसकेकोले तत्कालका लागि एम्वुलेन्स जिल्ला स्वास्थ्य कार्यालयमा राखिएको र केही दिनमै हस्तान्तरण गरिने साँसद साउदले जाँनकारी दिनुभयो ।

आफुले ठुलो झन्झट र जोखिम मोलेर ग्रामिणका महिला दिदिबहिनीको दुःख बुझ्दै एम्वुलेन्स खरिद गरेको भन्दै साँसद साउदले जनताको कामका लागि आफु जहिल्यै पनि कटिबद्ध रहेको बताँउनुभयो । साँसद साउदले यसअगि पनि आफ्नो साँसद विकास कोषवाट अछामकै बिनायक स्वास्थ्यचौकीका लागि एम्वुलेन्स खरिद गर्नुभएको थियो । बिनायक स्वास्थ्यचौकीलाई उपलब्ध गराएको एम्वुलेन्सले अहिले बिरामीहरुलाई निरन्तर सेवा दिईरहेको छ । साँसद साउदले २ आर्थिक वर्षमा गरि अछामका २ वटै क्षेत्रमा एम्वुलेन्स उपलब्ध गराएपछि जनताहरु खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।