0 COMMENTS

राम सिह धामी, दार्चुला साउन १६ /निर्वाचन सम्पन्न भएको एक महिना बित्न लाग्दा समेत महाकाली नगरपालिकाले वडा कार्यालयहरुलाई स्थापना गर्न सकेको छैन । वडा कार्यालयहरु स्थापना हुन नसक्दा चार चार घण्टा हिडेर नगरपालिकासम्म आउनु परेको सेवाग्रहीले गुनासो गरेका छन् ।

‘स्थानीय तहको निर्वाचनपछि स्थानीय स्तरमै सेवा पाइन्छ भन्थे, हिड्नु पर्ने बाध्यता सकिएन ।’ भन्छन्, छोरीको नागरिकताको प्रमाण पत्र बनाउन नगरपालिका पुगेका वडा नम्बर १ का कलावती कुवँर ।नगरपालिकाको आन्तरिक व्यवस्थापन र कार्यविधि तथा आवश्यक विधि प्रक्रियाहरुको निर्माण कार्यमा नगरपालिका खटिएकाले सोचेको समयमा वडा कार्यालयहरु स्थापना गर्न नसकिएको नगरप्रमुख हंसराज भट्ट बताउनुहुन्छ ।

कार्य सञ्चालनका लागि आवश्यक कार्यविधि र प्रक्रियाहरु निर्माण गरेर वडा कार्यालय स्थापनाका लागि गृह कार्य भई रहेको नगरप्रमुख हंसराज भट्टले जानकारी दिनुभएको छ । ‘वडा कार्यालय स्थापना गर्न भवन र जनशक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा योजना बनाइरहेका छौं । केही दिनभित्रै नगरपालिका भित्रका सबै वडा कार्यालयहरु सञ्चालनमा आउँछन् ।’ नगरप्रमुख भट्टले भन्नुभयो ।
भवन र जनशक्तिको टुंगो लगाए साउन २५ गतेभित्र सबै वडाबाट सेवा प्रवाह हुने गरी वडा कार्यालय स्थापना गरिने निमित्त कार्यकारी अधिकृत सुशिल पनेरुले जानकारी दिनुभयो ।
समस्या भवन र जनशक्तिको
साविकका गाविस कार्याहरु वडाको पायक पर्ने ठाउँमा नभएकोले वडा कार्यालयहरु स्थापना गर्न समस्या भएका एसिस्टेण्ट सव इन्जिनियर गौरसिह ठगुन्नाले बताउनु भयो । वडा नम्बर २, ३, ४, ५, ६ र ८ वडामा वडा कार्यालय स्थापना गर्न भवनको व्यवस्था हुन सकेको छैन । साविकको गाविस छुट्याएर स्थापना गरिएका यी वडामा साविकको भवन अपायक भएको र कतिपयको भवन नै नभएको एसिस्टेण्ट सव इन्जिनियर ठगुन्नाले बताउनु भयो ।

वडा कार्यालय स्थापनाका लागि भवनको व्यवस्थापन मात्रै समस्या नभएर जनशक्ति व्यवस्थापन पनि मूख्य चुनौति बन्दै आएको छ । साविकको नगरपालिकामा निमिक्त कार्याकारी अधिकृत, लेखापाल, वडा सचिव, खरिदार, एक एक लगायत एसिस्टेन्ट सव इन्जिनियर, सामाजिक परिचालक र कार्यालय सहायह, कार्यालय सहयोगी र चालक सहित २१ जना नगरपालिकामा कार्यरत छन् । यो जनशक्तिले सबै वडा कार्यालयबाट सेवा प्रवाह गर्न सम्भव नभएको बताउँदै कार्यकारी अधिकृत पनेरुले नेपाल सरकारले समायोजनका लागि पठाएका कर्मचारीहरुलाई समेट खटाएर स्थानीय स्तरबाट सेवा प्रवाह गरिने बताउनु भयो ।

कर्मचारी समायोजन गर्दै नेपाल सरकारले नगरपालिकामा पनि कर्मचारी खटाएको छ तर खटाएका सबै कर्मचारी हाजिर भने भएका छैनन् । नेपाल सरकारले १९ जना कर्मचारी खटिई नगरपालिकामा आएको लिखित जानकारी गराए पनि आइतवारसम्म ३ जनाले मात्रै कार्यालयमा हाजिर गरेको नगरप्रमुख भट्टले बताउनु भयो । नेपाल सरकारले ९ नायब सुब्बा, ७ कार्यालय सहयोगी, २ खरिदार र १ जना अधिकृतलाई नगरपालिकामा खटाएको लिखित जानकारी गराएको भएपनि ३ जना नायब सुब्बा हाजिर भएको र उनीहरुलाई वडा नम्बर २, ४ र ५ को जिम्मेवारी दिएको नगरप्रमुखले बताउनु भयो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।