0 COMMENTS

राम सिह धामी, साउन १५ दार्चुला/नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले २६ औ मनोज झपेन्द्र स्मृति दिवस को अबसरमा स्मृति सप्ताहा मनाएको छ ।

आइतबार स्मृति सप्ताहाको अबसरमा जिल्ला अस्पताल दार्चुलाका बिरामीहरुलाइ फलफुल बितरण तथा रक्तदान कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । कर्मचारीहरुको हक हित र राष्ट्रिय हितको आन्दोलनमा राज्यपक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की र मनोज जोशीको सम्झनामा रक्तदान तथा फलफुल बितरण कार्यक्रमको आयोजना गरीएको कर्मचारी संगठनले जनाएको छ । जिल्ला अस्पताल दार्चुलाका २५ जना बिरामीहरुलाइ फलफुल बितरण गरीएको हो ।

भने दिपक धामी र दिपक कुवर गरी २ जनाले रक्तदान गरेको जिल्ला अस्पताल दार्चुलाका ल्याप असिस्टेन्ट दिपक बिष्टले जानकारी दिनुभयो । बिगतबर्षहरुमा समेत स्मृति दिवसको अबसरमा रक्तदान, छात्रबृति बितरण, फलफुल बितरण लगायत रचनात्म कामहरु गर्ने गरेको संगठनले जनाएको छ । कर्मचारीहरुले दुबैजनालाइ सहिद घोषणा गर्न राज्यसंग मागसहित देशभरी नै स्मृति दिवमनाएका छन । नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाका कार्यबाहक अध्यक्ष लक्ष्मीराज बिष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला अस्पताल दार्चुलाका प्रमुख डा. रबिरञ्जन साहको प्रमुख आतिथि रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।