0 COMMENTS

राम सिह धामी, साउन १५ दार्चुला/दार्चुलाको मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ८ शंकरपुरमा खानेपानीको चरम अभाव खड्किएको छ । २०४२ सालमा निर्माण सम्पन्न भएको शंकरपुर बृहत् खानेपानी योजना अहिले जीर्ण बन्दै गएपछि शंकरपुरका विभिन्न बस्तीहरुमा खानेपानीको अभाव हुन थालेको हो । बृहत् खानेपानी योजनालाई स्थानियहरुबाटै संरक्षण गर्न नसकिदा उक्त आयोजना दिगो हुन नसक्दा खानेपानीको अभाव चुलिएको जानकारहरुको भनाई छ ।

झण्डै ८ किलोमिटर टाँढाबाट ल्याइएको बृहत् खानेपानी योजनाको उपभोक्ताहरुबाट संरक्षण नहुदाँ योजना जीर्ण बन्न थाले पछि शंकरपुरका स्थानियहरु खानेपानीको अभाव खेप्न बाध्य भएको जानकारले बताएका छन् । तर आफ्नो सुविधाको लागि निर्माण भएको योजनालाई तोडफोड गर्न कुनै पनि उपभोक्तालाई रहर नहुने भन्दै शंकरपुरका धिरेन्द्र चन्दका अनुसार डेढ किलोमिटरको दुरीमा धारा निर्माण गरिएका र धारामा जाँदा पनि कहिले रित्तो भाँडो लिएर फर्किनु पर्ने भएकाले गहिरो ठाउँमा भएको पाइप काट्न बाध्य भएको बताउनु भयो । “ हामीले पनि बाँच्ने उपाय त अपनाउनु पर्यो, कसलाइ पो रहर हुन्छ र आफ्नो गाउँमा भएको योजना विगार्ने” स्थानिय चन्दले भन्नु भयो । शंकरपुरको चरम खानेपानी अभावको विषयमा छलफल गर्न आज छलफल समेत गरिएको छ ।

छलफलमा मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्रसिँह धामीले शंकरपुरको खानेपानीको अभावलाई तत्काल समाधान गर्न पहल गर्ने बताउनु भएको छ । साथै शंकरपुर बृहत् खानेपानी योजनालाई व्यवस्थित बनाउन समिति गठन गरि पुनः मर्मत् गरी खानेपानीको समस्या समाधान गर्ने आश्वासन दिनु भएको शंकरपुरबाट नयाँ नेपाल सहकर्मी प्रमेराम लुहारले खबर पठाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।