0 COMMENTS

कल्पना बाेहरा, १५ साउन/प्रेस चाैतारी नेपाल प्रदेश नम्बर ७ काे विस्तारित बैठक अाईतबार कैलालीको धनगढीमा सकिएको छ । केन्द्रीय कमिटी सचिव हेमकर्ण विककाे अध्यक्षतामा भएको बिस्तारित बैठकमा केन्द्रीय अध्यक्ष गणेश बस्नेत प्रमुख अतिथि रहनुभएकाे थियाे । उहाँले सम्पूर्ण श्रमजीवी पत्रकारको हक अधिकारकाे लागि प्रेस चाैतारीले निरन्तर अावाज उठाउँदै अाएकाे बताउँदै बनेका एेन नियमकाे प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जाेड दिनुभयो ।

उहाँले प्रेस चाैतारी नेतृत्वको नेपाल पत्रकार महासंघले विगत ६ बर्षकाे अवधिमा कराेडाैँकाे भवन, लाखौं रुपैयाँको अक्षय काेष तथा अाकस्मिक सहयाेग काेष, न्यूनतम पारिश्रमिककाे कार्यान्वका लागि वकालत गरेकाे बताउनु भयाे । विस्तारित बैठकले अाउँदाे भदाै ३ र ४ गते हुने पत्रकार महासंघकाे २५ अाैँ अधिवेशनमा प्रगतिशील पत्रकारको सहकार्यमा अघि बढ्ने प्रयास भैरहेकाे बताउनु भयाे । प्रदेश नम्बर ७ मा ९ अाेटै जिल्लाकाे अवस्थाको बारेमा जानकारी गराईएकाे थियाे ।

बैठकमा प्रदेश ईन्चार्ज तथा केन्द्रीय उपाध्यक्ष नरेन्द्र साउँद, पुर्व केन्द्रीय अध्यक्ष गगन बिष्ट, महासचिव राजेश राई, पत्रकार महासंघका पुर्व सदस्य तथा न्यूनतम पारिश्रमिक समितिका अध्यक्ष खेम भण्डारी, एमाले कैलाली जिल्ला अध्यक्ष दीर्घ साेडारी, प्रेस चाैतारीका पूर्व केन्द्रीय सचिव लक्की चाैधरी, पत्रकार महासंघका सुदुरपश्चिम संयाेजक प्रकाशविक्रम शाही, उपसंयाेजक खगेन्द्र पन्त, महासंघका पूर्व केन्द्रीय सदस्य छत्र साउँद लगायतले मन्तव्य राख्नुभएको थियाे । केन्द्रीय सदस्य लाेग्सरी कुँवरले स्वागत गर्नुभएको कार्यक्रमकाे संचालन केन्द्रीय सदस्य नवराज भण्डारीले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।