0 COMMENTS

गाईघाट (उदयपुर)१५ साउन०७४ / उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ ।

बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् ।बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउन थालेको अस्पतालका एचए (जनस्वास्थ्य निरीक्षक) श्यामनारायण पण्डितले बताए।

भाइरलबाट प्रभावित बिरामीको संख्या बढेपछि अस्पतालमा शय्याको अभावमा भुइँ तथा अस्पताल परिसरमा समेत बिरामीलाई राखेर उपचार गर्नुपरेको अस्पताल प्रशासनले बताएको छ ।अस्पतालमा भाइरलबाट प्रभावित बालबालिका र वृद्धवृद्धा बढी आउने गरेका छन् ।

शुरुमा सामान्य टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट पानी आउने र अनियमित ज्वरो आउने तथा रुघाखोकी लाग्ने र बिरामी कमजोर हुने जस्ता रोगको लक्ष्यण रहेको अस्पतालका प्रशासन प्रमुख डा सन्तोष राई बताउछन् ।

केही सामान्य उपचारपछि घर फर्कने गरेको भए तापनि केही बिरामी भने सिकिस्त भई ढिलो गरी अस्पताल आएका कारण अस्पतालले नसक्ने अवस्था आए सिफारिस गरी पठाउनु परेको अस्पताल प्रशासनले बताएको छ ।

यसअघि जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका तथा उदयपुरको मध्य पहाडी क्षेत्रमा पनि भाइरलबाट प्रभावित भई जिल्ला अस्पताल उदयपुरमा उपचार गराउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।