0 COMMENTS

काठमाडौं १५ साउन०७४/ राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पीडीएस०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङजाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रुप लिएपछि उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा एच१एन१ पीडीएस०९ भाइरसका कारण स्याङ्जामा अहिले ५० जना बिरामी परेका छन् ।

मानिसबाट मानिसमा सर्ने भएका कारण स्याङजाको वालिङमा यस इन्फ्लुएन्जाले महामारीको रुप लिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।