0 COMMENTS

 कल्पना बोहरा, साउन १४ , अछाम/अछामलाई प्रकृतिले दिएको र्बदान रामारोशन क्षेत्र पर्यटकीय दृष्टिकोणले एक एउटा यस्तो मनमोहक ठाउँ हो । रामारोशनका स्वर्गतुल्य सुन्दर गाउँहरु र बीचमा कलकल बग्ने कैलाश खोलाले रामारोशनलाई झनै सुन्दरता थपेको छ । हजारौं जीव जन्तुहरु , चराचुरुङ्गीको चिरबिर अवाजले मनै लोभ्याउने याहाका समथल फाँटहरुमा राज्यको ध्यान जान सके पर्यट भित्रयाउने प्रवल सम्भावना  हुने यहाका स्थानिय बासिको भनाई छ ।

  याँहाको घना जंगल जंगलको बीचमा बाह्र ताल र अठार फाँट भएको कारणले रामारोशनलाई धेरैले बाह्रबण्ड अठार खण्डका नामले चिन्दछन । यहाँका ठूल–ठूला गुफा साँच्चिकै हेर्न लायक छ रामारोशन । थरिथरीका जिब जनावर बाघ, भालु, बँदेल, रतुवा, डाँफे, कालिज लगाएत चराचुरुङगीको  आकर्षित पार्न आवाज संग रमाउदा छुटटै आन्नद लाग्छ  रामारोशनमा ।

रामारोशनको व्याख्या बिषलेष्ण गर्दै स्थानिय कलाकारले गित र्माफत रामारोशनको मनमोहक दृश्य झल्काउन धेरै गितहरू गायको पाईन्छ ।जस्तैः

अछामको रामारोशन घुम्न जाम्ला नि
 कान्छु ,चोखोमाया पिरथी उतै लाउला नि

रामारोशन ताल (सुरेश रावल,देबेन्द्र भाट,रुपक परियार) लगायलका थुपै कलाकारहरुले आ–आफना गित मार्फत रामारोशन झल्काउने खाल्का गित गायका छन ।

जिल्लाको बान्निगढी जयगढ गाँउपालिका र रामारोशन गाँउपालिका लाई जोड्ने सडक सञ्चालन हुदा याहाका स्थानिय बासि खुसि भएका छन । आजभोलि रामारोशनको ताल नजिकै सहजै जिप तथा मोटरसाइकल पुग्छन । यातायातको सुविधा भएसंगै रामारोशन पर्यटकिय क्षेत्र रामारोशनको भ्रमण गर्न आउने पर्यटकहरुको संख्या केहि मात्रामा बढेको स्थानिय विर्ख बहादुर रोकायाले बताए  । उहाँले भन्नुभयो अहिले वर्षायाम सुरु भएको कारण केहि मात्रामा पर्यटकहरु आउने क्रम घटेको हो नभए पहिलेको भन्दा यातायात सुविधा आएपछि धेरै पर्यटक आउछन ।        

हिउद लागे संगै गुराँस फुलेर जताततै सातै देखिने रामारोशन क्षेत्र बर्षायाम लागेपछि जताततै हरियाली देखिनछ । याहाँका फाँट हरियालि भएसंगै बिभिन्न फुलहरु फुलेर हरियालि फाँटलाई झनै सुन्दर बनाउछन । हिउद लागेपछि यस क्षेत्रमा बाजुरा , बझंङ्ग, कालिकोट ,मुगु लगाएतका हिमालि क्षेत्रका मानिसहरु तल्लो क्षेत्रमा भेडाच्याङग्रा सहित बसाई सराई गरेर आउने र बर्षायाम लागेपछी बसाई सरेर जाने गर्दछन ।

 

यहाँको  अर्का मनमोहक दृश्य चाकाडाँडाले झनै रामोशनलाई सुनमा सुगन्ध थपेको पाईन्छ  । यो डाँडा  हरु भन्दा अलि उच्चो छ । यो डाँडामा साना साना जडिबुटीका बोटविरु बाहेक अन्य ठूलाठूला रुखहरु  छैन । चारैतिर हरियालि र घना जङ्गगल भएपनि यो डाडा भने नाङ्गो जस्तो देखिन्छ । यो डाँडाको टापुबाट चिसापानी, नेपालगन्ज र महेन्द्रनगर लगाएतका ठाँउहरु रातको समयमा  सहजै देख्न सकिने त्यहाँका स्थानीय बासीन्दा बताउँछन् ।

 हिउदे याममा चाकाडाँडामा परेको हिउँले पोखराको माछापुच्छ्रेको झल्को दिन्छ । रामारोशनको सौन्दर्यतालाई श्वर्गतुल्य बनाउने एक अर्को  मैदान किनिमिनी मैदान पनि एक हो । यो मैदानको बीचबाट लडिबुडि खेल्दै कलकल बगेको दृश्य देख्दा मनै लाभ्याउन सक्ने प्रकृतिले जो काहिको मन तान्न सफल छ ।

  पर्यटकलाई खान बस्न सहज वातावरण बनाउनलाई कुनै टेण्ड र पर्यटकिय बास स्थानको व्यावस्था लागी नत स्थानियले पहल गरेका छन नत राज्यले नै तेता तिर चाँसो देखाएको छ । तर्सथ यस क्षेत्रमा हामि सबैको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।