0 COMMENTS

कल्पना बोहरा ,साउन १४ अछाम/अछाममा टयाक्टर दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्रगत साँफेबगर नगरपालिका वडा नं. ८ बयालपाटामा टयाक्टर दुर्घटना भएको हो । दुर्घटनामा गाडी मालिक साँफेबगर नगरपालिका वडा नम्बर स्४ का बलबहादुर ठकुल्लाको मृत्यु भएको छ ।

दुर्घटनामा परी सात जना घाईते भएका छन भने २ जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर हुनेमा साँफेबगर नगरालीका ८ का नारायण कुवँर र सोही ठाँउमा फिरज मियाँ रहेको बताईएको छ । कुवँरको बायाँ खुट्टा भाच्चिएको छ भने मियाँको पाखुरामा गम्भिर चोट लोगेको प्रहरीले जनाएको छ ।

घाईतेहरुको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ । घाईते हुनेमा साँफेबगर ८ का भुपेन्द्र कुवँर, बज्जीर बोहरा, धिरज कुवँर र प्रविण बिक रहेका पत्रकार दिपक खड्काले बताउनु भएको छ । ढुंगा बोकेर जाँदै गरेको से १ त ८३३८ नं. को ट्याक्टर अनियन्त्रीत भई सडक भन्दा २० मिटर तल खसेको थियो । ईलाक प्रहरी कार्यालय बयालपाटाले जनायको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।