0 COMMENTS

काठमाडौँ १४साउन०७४/योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बुढानिलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ ।स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण हुन लागेको हो ।

विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले सामान्य जनतादेखि विशिष्ट, अति विशिष्ट व्यतित्वका लागि ठूलो योग सेन्टर बनाउने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘अहिले त्यहाँ प्रशासनिक भवन बन्दैछ, जसका लागि रु एक करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ, अन्य भवनका लागि नक्साङकन डिजाइन भइरहेको छ र पुरै भवनको मास्टरप्लान बन्दैछ, यो प्रोजेक्ट सम्पन्न गर्न करिब रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।’’

सेन्टरले मानिसलाई योग गर्नुपर्छ भन्ने बानीको विकास गर्ने विभागको भनाइ छ । केन्द्रमा सेन्टर बनाएपछि सातै प्रदेशमा यस्तो योग केन्द्र खोल्ने योजना छ, जुन नसर्ने रोगको न्यूनीकरणमा महत्वपूर्ण हुने बताइएको छ ।सेन्टरमा स्वस्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतका सेवा दिई नसर्ने रोगका लागि काम हुने महानिर्देशक उपाध्यायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।