0 COMMENTS

 

काठमाडौं १४ साउन०७४/ २१ औं शताब्दीमा हिँडिरहेपनि हाम्रो समाजलाई अझै विभिन्न खालका कुसंस्कार र अन्धविश्वासले नराम्ररी जकेडेको छ । यसको पछील्लाे उदाहरण हो कपिलवस्तु घटना ।

कपिलबस्तुको एक गाउँमा छोरा नपाएको भन्दै एक महिलालाई आफ्नै श्रीमान्ले निर्धात कुटपीटगरेका छन् । कपिलवस्तु नगरपालिका– ५ श्रीरामपुर गाउँकी २० वर्षीया सबिना खातुनलाई उनकै श्रीमान दीलसार खांन र सुसरा ईजहार खानले निर्घात कुटपीट गरेका हुन् ।

सम्धी–सम्धीबीचको आपसी लेनदेनको बिषयले उग्ररुप लिएर झगडा भएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक प्रह्लाद अधिकारीले जानकारी दिए ।

पीडितका श्रीमान फरार रहेको र ससुरा प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायब उपरिक्षक अधिकारीले बताए । पीडीत सबिनाले आफुलाई बिवाह भएको एक दुई महिना मै छोरा नपाए ठीक नहुने भन्दै धम्काउने गरेको र छोरी पाएपछि श्रीमानले दिनहुँ मानसिक तनाव दिने र कुटपीट गर्ने गरेको बताएकी छिन् ।१४ महिना अघि सबिनाको दिलसारसंग धुमधामले बिवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।