0 COMMENTS
बासुदेब सेढाई

राज्य चलाउने नीति राजनीति र नीति बनाउने नेता नेताहरुकाे बिचार खुबि अनुसार नीति बन्छ त्यै नीति अनुसार देश चल्दछ त्यसैले मुलुक बिग्रनु र सप्रनुमा नेताहरुनै जिम्मेवार हुन्छन् । राजनीति मा सेवाकाे भावना भयन भने त्याे राजनीति हाेईन । समाजकाे सेवा गर्नु देशकाे सेवा गर्नु प्रतेक नागरिकको कर्तव्य हाे त्यसमाथि पनि राजनीतिज्ञ र कर्मचारीहरुकाे त थप जिम्मेवारी रहन्छ ।

सेवा भनेकाे नि शुल्क र निस्वार्थ तर यहाँ पारिश्रमिक लियरपनि अाफ्नाे कर्तव्य निभाउन सकेका छैनन् बर्षाै मुलुकमा स्थानीय निकायकाे निर्वाचन पछि नागरिकका जनप्रतिनिधि त अाय तर कस्ता चुन्याै हामिले त्याे विश्लेषण गर्ने बेला त भयकाे छैन तर बिहानिले दिनकाे संकेत दिन्छ भन्ने कुरालाई अाधार मान्नेहाे भने त्यति सकारात्मक देखिदैन । निर्बाचित भयलगत्तै कतिपय जनप्रतिनिधिहरुले त स्थानीय निकायकाे बिकास र नागरिकको सेवा सुभिदाकाे बिषयमा केही राम्रो निर्णय पनि गरेका छन् तर भाषाण मात्रै गर्ने काम नगर्ने प्रबृत्ति पनि त्यत्तिकै छ । अर्कोतिर कतिपय भने अाफ्नाे ब्यक्तिगत सुभिदाका लागि मरिहत्ते गरेकाे कुरा संचार माध्यम मा अाउदा निरास लाग्छ । अाबस्यकता अनुसारको सुभिदा पनि चाहिन्छ तर अाफ्नाे निजि सुभिदालाई नै पैलाे प्राथमिकता दिनेहरुबाट भने स्थानीय निकायका नागरिकहरुले पाउने सुभिदा भने सन्ताेषजनक पक्कै हुदैन ।

मुलनै धमिलो छ भने संङ्लाे पानी खाेलामा बग्छ कसरी पहिले त मुलनै सफाहुनपर्छ । जनताका जनप्रतिनिधि र सरकारि कर्मचारी हरुमा एउटा जटिल राेग छ त्याे भनेको ” सरकारि काम कैले जाला घाम ” नागरिक हरुलाई दिने सेवा सुभिदा कसरी छिटो छरितो र प्रभाबकारि ढंगबाट दिन सकिन्छ जसले अाम नागरिक राज्यको सेवा बाट सन्तुष्टि हुन सकुन् भन्दापनि अाफ्नाे तलब पकाउन गरिने झारा टार्ने कामकाे कारण नागरिकहरुले हैरानी बेहाेर्नु परेकाे छ ।

राजनीति नेतृत्व र त्यसले स्थापना गरेकाे कर्मचारी संयन्त्रले नागरिकहरुलाई दिने प्रभाबकारि सेवाकाे बारेमा छलफल र बहस हुन अाबस्यक छ तर बहस हुन्छ अाफ्नै स्वार्थको किन ? देशकाे गरिबी बेरोजगारी अशिक्षा काे समस्या कसरी समाधान गर्ने , प्राकृतिक र दैबिक बिपत्तिमा परेकाहरुलाई कसरी छिटोभन्दा छिटाे राहत दिन सकिन्छ , बिकास का काममा हुने गरेकोे अनियमितता कसरी राेक्न सकिन्छ यस्ता बिषयमा बहस र छलफल हुदैन बहस हुन्छ त नेता र बिशिस्ट कर्मचारीहरु काे चड्ने गाडि , बस्ने घर , अाेच्छ्याउने खाट , बस्ने साेफा , बिदेश भ्रमण , तलब र भत्ता , अाैशधि उपचार अादिकाे अनि कसरी नागरिकले सेवा पाउँछन् ? देशका राष्ट्रिय उद्योगधन्दाहरु घाटामा गय जावाेस् बन्द भय हाेस् मत्लब छैन राष्ट्रिय सम्पत्ति काे सुरक्षामा कसैकाे चासाे छैन किन ? प्राकृतिक स्राेत ले सम्पन्न मुलुम बिकासमा पछि पर्नुको मुख्य कारण देश चलाउनेहरुसंग सेवा भन्ने भावना रत्तिभर पनि नभयरनै हाे भने अर्को कुरा देश र नागरिकहरुकाे सेवामा समर्पित हुन चाहनेहरु मुलुककाे नेतृत्वमा पुग्न नसक्नुनै हाे । जसकाे सीता खाई उसकै गित गाई प्रबृत्ति का नागरिक र जसकाे शक्ति उसैको भक्ति राजनीतिमा देखियकाे प्रबृत्तिले राजनीति ले सक्षम नेतृत्व जन्माउनै सकेन ।

सेवाकाे भावना मानिसकाे अन्तर अात्माबाट जन्मनुपर्छ जबर्जस्तीले सेवाको भावना अाउदैन अहिले देशमा गरिएको भनेकाे सेवा देखावटि र बाध्यताबस गरियकाे हाे यसले देशकाे हित गर्न सक्दैन । देश र नागरिकको सेवा गर्न राजनीति गर्नैपर्छ भन्ने हाेईन बाहिरै बसेर पनि गर्न सकिन्छ अा अाफ्नाे ठाउँबाट अा अाफ्नाे छेत्रबाट अाफुले सकेजति सेवा गर्दा केही बिग्रदैन । सेवा अत्यन्तै पवित्र शब्द हाे यसकाे खाेल अाेडेर अाफ्ना निहित स्वार्थ पुर्तिमा नलागाै सेवाकाे शब्द काे अपमानहुनेगरि कसैले पनि कामगर्न हुदैन ।

हिजाे पुर्खाहरुकाे ईतिहास पढ्दा देशकाे माटाेकाे लागि बलिदान दियका उदाहरण छन् भने सहिदहरुकाे ईतिहास हेर्दा नागरिकहरुकाे सेवामा कसरी लाग्नुपर्छ भन्ने ज्ञान प्राप्त हुन्छ तर अाज याे देशमा एउटामात्रै त्यस्तो ब्यक्ति देखाउनुस् जसले मुलुक र जनताका लागि अाफ्नाे स्वर्बस्व त्याग्नपनि तैयार हाेस् ।बिगतबाट पाठ सिकेर अगाडि बढ्न सके देश जाेगाउन सकिन्छ र नागरिकको सेवामा पनि समर्पित हुन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।