0 COMMENTS

बारा १४, साउन०७४/बाराको निजगढ नगरपालिका ५ मा एक किशोरको शुक्रबार दिउँसो छिमेकीको घरमा शव फेला परेको छ । मनोज सापकोटाका १६ बर्षिय छोरा निसानको घाटी रेटेको अवस्थामा छिमेकी बिचारी थापाको घरको माथिल्लो तलामा दिउँसो ५.३० बजे शव फेला परेको हो ।

घटनाको बेला थापाकी श्रीमति भवानी र छोरी विपना मात्र रहेको बताइएको छ । घटनास्थलमा रगतले पोतिएको चुलेसी फेला परेको प्रहरीले जनाएको छ । छोरी विपनाले घरभित्र पसेर माथिल्लो तलामा आएको केही समयपछि आफुले कोठाभित्र निशानको शव देखेको र हल्ला गरेको बताइन । भान्छामा रहेकी आमा भवानीले पनि माथिल्लो तलाबाट रगत चुहिन थालेपछि आफुले पनि घटना बारे जानकारी पाएको सुनाइन ।

सार्वजनिक मावि कक्षा ९ मा अध्ययनरत निशान यसअघि पनि थापाको घरमा नियमित आउने गथ्र्ये । प्रहरीले घटनाको अनुसन्धानको लागि थापा सहित विपना, भवानी र छारालाई पनि नियन्त्रणमा लिएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय निजगढबाट पुगेको प्रहरीले घटना रहस्यमय रहेको र थप अनुसन्धानपछि मात्र हत्या वा आत्माहत्या के हो भन्ने बारेको वास्तविकता खुल्ने बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कलैयाबाट प्रहरी नायव उपरीक्षक दिलिप घिमिरे नेतृत्वको टोली पनि घटनास्थालमा पुगेको थियो । सापकोटाको शव पोष्टमार्टमको लागि कलैया पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।