0 COMMENTS

कल्पना बाेहरा ,साउन १४ अछाम/अछाम जिल्लामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढीरहेको छ । आशन्न प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको मतदानका लागि संकलन भैरहेको फोटो सहितको मतदाता नामावलीमा अछाम जिल्लामा १३ दिनको अवधिमा १५ सय बढीले नाम दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशाशन कार्यालयमा हालसम्म १ हजार ५ सय ८५ जनाको फोटो सहितको विवरण र औंठा छाप लिईएको हो । जसमा महिला ८ सय ४४ र पुरुष ७ सय ४१ ज्ना रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले सेवाग्राहीको हितलाई मध्येनजर गर्दै बिदाको दिनमा समेत नाम दर्ता गरिरहेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर एकेन्द्र बोगटीले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको निर्देशन अनुसार आगामी साउन १६ गते देखि ३२ गतेसम्म गाउँपालिका तथा नगरपालिकाको केन्द्रमा गई नाम संकलन गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामबहादुर माझीले बताउनु भयो । स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा ६७ हजार २ सय ९९ महिला, ६० हजार ४ सय ४१ पुरुष र २ जना तेस्रो लिंगी गरी १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेका थिए ।

भर्खरै स्थानीय तहको निर्वाचन भएको र कयौँ व्यक्ति मतदानबाट वञ्चित भएपछि अहिले उनीहरु आफै सक्रिय भएर नाम दर्ता गराईरहेका निर्वाचन अधिकारी चुडाराज सापकोटाको भनाई छ । अहिलेको अवस्था हेर्दा दैनिक १ सय भन्दा बढीले नाम दर्ता गराईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।