0 COMMENTS

चितवन १३साउन०७४/ पश्चिम चितवनको जगतपुरमा सहचालकले चलाएको माइक्रोबसको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ । जगतपुरबाट काठमाडाँै जान लागेको ग १ ख ५८१४ नम्बरको माइक्रोबसको ठक्करबाट भरतपुर महानगरपालिका– २३ की ७५ वर्षीय चिनीमाया भुजेलको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

काठमाडाँै जान लागेका नातीलाई माइक्रोबसमा पठाउनका लागि आउनुभएकी भुजेलको सोही माइक्रोबसबसको ठक्करबाट आज मृत्यु भएको हो । सहचालकले ब्याक गर्ने क्रममा पछाडी रहनुभएकी वृद्धालाई ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।

गीतानगरस्थित इलाका प्रहरी कार्यालयका अनुसार माइक्रोबस सहितका चालक तथा सहचालक नियन्त्रणमा छन् भने मृतक बृद्धाको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।