0 COMMENTS

बासुदेब सेढाई, लमजुङ ,साउन १३/लमजुङको बेसिशहरमा  ब्रम्हकुमारि ईश्वरीय बिश्वबिद्धालय ले बिगत बर्ष जस्तै यश बर्ष पनि रक्षाबन्दन कार्यक्रम काे अायाेजना गर्याे । काम , क्राेध , लाेभ , माेह , घमण्ड , अहंकार , ईष्र्या अादि बिकार तत्वहरु बाट मानव लाई बचाउन र शान्ति , एकता , मेलमिलाप , दया , माय , करुणा , सहयोगकाे भावना काे बिकास हाेस् समाजमा शान्ति , देशमा शान्ति , बिश्वमा शान्ति काे कामना गर्दै  यश बर्ष पनि रक्षाबन्दन कार्यक्रम काे अायाेजना गरेकाे कुरा साे कार्यक्रममा जानकारी गराइयाे ।

 रक्षाबन्दन ग्रहणकाे लागि जिल्लाका बिशिस्ट ब्यक्तित्वहरु प्रमुख जिल्ला अधिकारी युबराज मैनाली , बेसिशहर नगरपालिका का मेयर गुमानसिंह अर्याल , जिल्ला प्रहरी प्रमुख समिरचन्द्र खरेल , नेपाली कांग्रेस का जिल्ला सभापति भेषबहादुर पाैडेल साथै बेसिशहर नगरबासिकाे उल्लेख्य सहभागीता रहेकाे थियाे ।

उपस्थित सम्पूर्ण ब्यक्तित्वहरुले ईश्वरीय बिश्वबिद्धालय प्रमुख ब्रम्हकुमारि राधा दिदी ज्यु बाट रक्षाबन्दन ग्रहण गर्नुभयकाे थियाे राष्ट्रिय एकता , सामाजिक सद्भाव , धार्मिक शहिष्णुता काे लागि यस्ता चाडपर्व काे विशेष भुमिका हुने गर्दछ । तेसाेत प्रतेक दिन ईश्वाेरिय बिश्वबिध्यालयमा ज्ञानकाे प्रबचन हुने गर्दछ ।

मानवता , मानबिय जीवन जिउने तरिका , मनमा शान्ति कसरी हुन्छ , परमेश्वर र मानव बिचकाे सम्बन्ध अादिकाे बारेमा चर्चा हुने गर्दछ । समाजमा बढ्दै गयकाे बिकृति बिसंगति , भ्रष्टाचार , हत्या हिंसा अपराध अादि खराब प्रबृत्ति राेक्नकाे लागि पनि यसले महत्त्वपूर्ण भुमिका खेलिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।