0 COMMENTS

भक्तपुर१३साउन ०७४/ प्रहरीले चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले सूर्यविनायक नगरपालिका ९ स्थिती पलासेमा रहेको वाटर किंगडम होटलबाट चितुवाको छाला थान १ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची न.पा. १० शिखरपुर बस्ने बर्ष २७ को जीवन तामाङ, दोलखा तामाकोशी गाउपालिका २ बस्ने बर्ष २७ को सुरेन्द्र पाख्रिन र भिमेश्वर न.पा. ९ बस्ने बर्ष २० को सिंह विर तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी कृष्ण प्रसाईले जानकारी दिएका छन् ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएको प्रहरी निरिक्षक राज कुमार सिंह सहितको प्रहरी टोलीले पक्राउ गरी जिल्ला वन कार्यालय भक्तपुर बुझाइएको हो । यसबारेमा थय अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।