0 COMMENTS

काठमाडौं १२ साउन ०७४ / ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अब लोडसेडिङ नहुने दाबी गरेका छन् ।सरकारको ध्यान ऊर्जा उत्पादनमा हुने भन्दै ट्रान्समिसन लाइन मर्मत र काम गर्दा केही समय विद्युत् कटौती भएपनि लोडसेडिङ चाँही नहुने उनले दाबी गरेका हुन ।

बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री शाहीले लोडसेडिङ अन्त्य गरेरमात्रै नहुने भन्दै विद्युत् उत्पादनमा पनि जोड दिनुपर्ने उल्लेख गरे ।उनले बूढीगन्डकी जलविद्युत् परियोजनाको काम सन्तोषजनक नभए ठेक्का सम्झौता रद्द गर्ने चेतावनी पनि दिए ।

बूढीगन्डकी आयोजनाका लागि १६ अर्ब रुपैयाँ मुआब्जा रकम निकासा भइसकेको र १० अर्ब निकासाको तयारीमा रहेको उनले जानकारी गराए ।स्वदेशी लगानीलेमात्रै मागअनुसार विद्युत् उत्पादन हुन नसक्ने भन्दै उनले आवश्यकताअनुसार विदेशी लगानीलाईसमेत प्रोत्साहन गर्ने बताए ।यस्तै, एक साताभित्र विद्युत् महसुल अनलाइनबाट ‘पेमेन्ट’ गर्नसक्ने व्यवस्था मिलाइने पनि मन्त्री शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।