0 COMMENTS

काठमाडौं १२श्रावण०७४/ काठमाडौं लायन्स क्लब अफ काठमाडौं टि कपन ले लायन्स इन्टरनेशनलको नियमानुसार आफ्नो बार्षिकी कार्यक्रमको तालिका अनुसार जुलाई महिनाको कार्यक्रम सम्पन्न गरेको छ।

जस अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं.१२ मा रहेको एकमात्र सामुदायिक विद्यालय बालकुमारी आधारभुत विद्यालयका शिक्षकहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ। क्लब द्वारा वितरित उक्त सामाग्रीको प्रयोग गरि कक्षा शिक्षण गरेमा विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिमा सहयोग पुग्ने बिश्वास लिएको र उक्त सामाग्रीको पुर्ण रुपमा प्रयोग गर्न लायन्स क्लब टि कपन का अध्यक्ष सबिन पन्त ले अनुरोध गर्नुभयो।

यसै अवसरमा उक्त विद्यालयको ब्यवस्थापन समितीका अध्यक्ष तथा लायन्स क्लब टि कपन का सचिब ठाकुर खकुरेलले सबै शिक्षकहरुले अनिवार्य शैक्षिक सामग्रीको प्रयोग गरि अध्यापन गर्न निर्देशन दिनुभयो।विद्यालयको प्रधानाध्यापक लक्ष्मी तिमल्सिना, बालबिकास समाजका वरिष्ठ प्रशासक राम खतिवडा टि कपन बाट प्रथम उपाध्यक्ष संगीता पन्त र कोषाध्यक्ष सुनन्दा पन्त लगायत सबै शिक्षकहरुको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।