0 COMMENTS

काठमाण्डाै १२ साउन०७४/“सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा शब्द प्रयोग गरी मानसिक पिडा दिई चरित्र हत्या गरी समाजमा बदनाम गराउने कार्यमा संलग्न भएको अाराेपमा मोरङ उर्लाबारी-७ घर भई हाल  का.म.न.पा. मैतिदेवी बस्ने बर्ष ३२काे दिनेश न्यौपाने र का.म.न.पा. सितापाइ रामकोट-७ बस्ने बर्ष  ३१ की  रिना थापा मगर लार्इ केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सितापाइला रामकोट, काठमाडौं बाट  पक्राउ गरी विद्युतीय कारोबार ऐन (साईबर क्राइम) अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरीरहेकाे छ ।

निजहरूले नक्कली खाता (Fake Account) खोली जिल्ला मोरङ उर्लाबारी-७ घर भई हाल  का.म.न.पा. बसुन्धारा बस्ने वर्ष २० की महिला लगायत निजका साथि भाई तथा आफन्तहरु लाई विगत एक वर्ष देखि निजको बारेमा निरन्तर रुपमा फेसबुक मर्फत अश्लिल Message तथा फोटोहरु समेत प्रेषित गरी  मानसिक पिडा दिई चरित्र हत्या गरी समाजमा बदनाम गराउने कार्यमा संलग्न भएको अनुसन्धान बाट खुल्नआएको स्राेतले जानकारी गराएकाे छ ।

 

प्रमाणीभयमा हुनेसजाय :- कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीयसञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएकासामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरुप्रकाशन वाप्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँचवर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।