0 COMMENTS

नुवाकोट १२साउन०७४/ दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल राजवंशी रहेका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिनुभयो ।

घ्याङफेदीकी २४ वर्षीया महिलालाई काठमाडौँमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई मङ्गलबार नुवाकोटको खरानीटारबाट पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई आज मानव बेचबिखन तथा ओसारपसार ऐनअन्र्तगत नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।