0 COMMENTS
निर्मम हत्या गरिएका बालबालिका दायाँबाट क्रमशः रञ्जीव सापकोटा, सुष्मा फुयाल र प्रदीप फुयाल । 

भोजपुर  १२ साउन ०७४/तीन बालबालिकाको सामुहिक हत्या भएको एक महिना नाघे पनि अनुसन्धान टुंगिएको छैन ।

अरुण गाउँपालिका ३, प्याउलीमा दुई छिमेकी घरका १४ बर्षीया रञ्जीव सापकोटा, १३ बर्षीया सुष्मा फुयाल र ८ बर्षीय प्रदीप फुयाल असार १०
साँझ रहस्यमय ढंगले हराएका थिए ।तयसको दुई दिनपछि उनीहरुको शव स्थानीय तोरन कार्कीको माछापोखरीभित्र डुबेको अवस्थामा फेला परेको थियो ।

गाउँपालिकाको सदरमुकामसमते भएकाले प्याउलीमा त्यतिबेला निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिसकेको थिए । नेपाली सेना बसेको रेडक्रस भवन आसपास खेल्न गएका अवस्थामा बालबालिका हराएका थिए ।

धरान स्थित विपी कोईरला विज्ञान प्रतिस्ठानमा गरिएको पोस्टमार्टममका क्रममा तिनैजनाको मुखमा केही चुईगमलाई मुठो पारेर खाँदिएको अवस्थामा फेला पारिएको थियो ।त्यसको रिपोर्ट पनि सार्वजनिक गरिएको छैन ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।