0 COMMENTS

 रमिला बस्नेत उदयपुर,साउन ११/ उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित चपनमा बुधबार बिहान ट्याक्टर पल्टिदा चालकको मृत्यु भएको छ । खोलाबाट ढुंगा लोड गरेर गाउँतर्फ जाँदै गरेको स.१ त २०१० नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अचानक पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परि त्रियुगा नगरपालिका ११ बस्ने २३ वर्षिय मनोज परियारको मृत्यु भएको छ । असार श्रावण र भदौ तिन महिना ढुंगा गिटी बालुका ओसार पसार निषेध गरे पनि प्रहरीको मिलेमतोमा अवैध ढुंगा निकालिदै आएको छ । दुर्घटनामा परी ट्याक्टरको अगाडीको भाग (ईन्जिन) ले किचेर परियारको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नर बहादुर केसीले बताउनु भयो । मृतकको सव पोष्ट मार्टमको लागि जिल्ला अस्पताल ल्याएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।