0 COMMENTS

रमिला बस्नेत उदयपुर, साउन ११/ उदयपुरका चुरे क्षेत्रमा पर्ने नाङ्गो डाँडाहरु हराबरा हुने भएको छ । राष्ट्रपति चूरे तराई मधेस संरक्षण विकास समितिको सहकार्यमा नेपाली सेनाले बृक्षारोपण गरेसगै खाली डाडाँ हरियालीमा परिणत हुने भएको हो ।

त्रियुगा नगरपालिका ५ स्थित वुर्जाकाल्ना र सन्यासी सामुदायिक वन क्षेत्रमा नेपाली श्री न. १ वन तथा पर्यावरण सुरक्षा गण सिन्धुलीले वृक्षारोपण गर्न सुरु गरेको हो । वृक्षरोपण कार्यक्रमको सुरुवात नेपाली सेनाका बलाध्यक्ष (रथी) पूर्णचन्द्र थापाले गर्नु भएको छ । वृक्षारोपण दुबै सामुदायिक वन क्षेत्रको २० हेक्टर जग्गामा सेनाले विभिन्न प्रजातिका २० हजार बाँस तथा फलफुलका बोटविरुवा रोपेको वन तथा पर्यावरण गणका गणपति प्रमुख सेनानी किरणविक्रम राणाले जानकारी दिनुभयो । सो अवसरमा वन संरक्षण, सम्र्बद्धनमा गणले खेलेको भुमिकाको प्रशंसा गर्दै राष्ट्रपति चूरे तराई मधेस संरक्षण विकास समितिका सदस्य सचिब हेमलाल अर्यालले गणपति राणालाई प्रशंसा पत्रले सम्मान गर्नुभएको थियो । साथै उहाँले आगामी दिनमा पनि सेनाले यसरी नै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई महिना भित्र काम सक्ने गरी १ सय ५० जना सेनाका जवानले बृक्षारोपण कार्यलाई तिव्रता दिएको जानकारी दिनुभयो । रोपिएका विउँको संरक्षणका लागि सम्बन्धित वन समुहलाई जिम्मा दिने र वेलामौकामा सेनाले त्यसको अवलोकन गर्ने राणाको भनाई छ । कार्यक्रममा गणपति राणाले यसअघि तत्कालिन राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा सप्तरीको खडक नगरपालिकास्थित अमहा क्षेत्रको २ सय हेक्टर जमिनमा ५ लाख २७ हजार ५ सय १० बोटविरुवा रोपेको र त्यसको संरुक्षण पनि हाल नेपाली सेनाले लिएको जानकारी दिनुभयो ।

बृक्षारोपणबाट सेनाले वनको संरक्षण र संवद्र्धनकोसाथै उजाड वन क्षेत्र हरियालीमा परिणत हुने, लोपन्मुख वोटविरुवा तथा जिवहरुको संरक्षण, वन संरक्षण प्रति स्थानीयमा अपनत्वको भावना जगाउने, भुक्षय तथा भुस्खलन कमि भई चुरे क्षेत्रको संरक्षण हुने लगायतका लक्ष्य लिएको छ । पछिल्लो समय वनजंगल विनास हुँदैगर्दा पर्यावरणलाईसमेत असर पार्न थालेपछि तत्कालिन राष्टपति डा. यादवले चुरे वन संरक्षण प्रति चासो व्यक्त गर्दै कार्यक्रम अघि सार्नु भएको हो । गणले वृक्षारोपणसँगै बाढि पहिरो तथा भुक्षय रोक्न स्थानीय स्तरमा जनचेतनामुलक कार्यक्रम, उद्धार, बाटोघाटो, मठमन्दिर, विभिन्न पुरातात्विक सम्पदाको मर्मत तथा संरक्षण, सम्बद्र्धन गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।