0 COMMENTS

नवलपरासी११साउन०७४/ नवलपरासीको गैडाकोटमा विद्यार्थी बोकेको बस ट्रकसँग ठोक्किँदा १२ विद्यार्थी घाइते भएका छन् । बुधबार नवालपरासीको पुुरानो विजयचोकमा १२ः१५ बजेको समयमा गैडाकोटको अक्फोर्ट कलेजको बस ट्रकसँग ठोकिँदा विद्यार्थी घाइते भएका हुन् । घाइते मध्ये ४ जनाकोे अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरिक्षक सुवास हमालले बताए ।

पुर्वबाट पश्चिम जाँदै गरेको ना ५ ख ९००३ नम्बरको ट्रसंग पश्चिमतर्फ नै विद्यार्थी बोकेर जाँदै गरेको अक्फोर्ट कलेजको ना १ क ३८०६ नम्बरको बस पछाडीबाट ठोकिदा दुर्घटना भएको प्रहरीले बताएको छ । घाइते सबैको चितव मेडिकल कलेजमा उपचार भइरहेको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।