0 COMMENTS

बारा ११साउन०७४/ मंगलबार राति बारामा एक युवकले बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् ।कलैया–२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले आफ्नी ३० वर्षकी श्रीमती उन्ती रामको हत्या गरेका हुन् ।

रातको १० बजे कृष्णले श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेका थिए । प्रहार पश्चात उन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घरायसी विवादका कारण उक्त घट्ना घटेको हो ।

मृतक उन्तीको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको छ । प्रहरी नायब उपरीक्षक राजेन्द्र बाबु रेग्मीले फरार अभियुक्तको खोजी गर्न टोली खटाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।