0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,साउन ११/चाैदण्डीगढी नगरपालिका स्थित प्राथमिक स्वास्थ्य केन्द्र बेल्टार परिवारदू्रा सम्मान तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नव निर्वाचित मेयर ,उपमेयर,र केन्द्र रहेको वडाका वडाध्यक्षहरुमा बधाई कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा निवर्तमान तथा पुर्व ब्यवस्थापन समितिका पदाधिकारी ,सदस्यहरू लगायत स्वास्थ्य सँस्था शुभेक्छकहरुमा प्रशन्सा पत्र प्रदान गरिएको थियोे । बिभिन्न कार्यलयका प्रमुख,शिक्षक बर्ग,ससस्त्र प्रहरि निरिक्षक,प्रहरी निरिक्षक,स्वयंसेविका ,लगायत अन्य बुद्धिजीवीहरुकाे बाक्लो उपस्थिति थियो । कार्यक्रममा स्वागत मन्तव्य विनय प्रभाकर राईले गरे।अविर तथा माला लगाईदिदै प्राथमिक स्वास्थ्य केन्द्रका व्यस्थापक अध्यक्ष भुवन श्रेष्ठ र स्वास्थ्य प्रमुख सन्तोष राइले सम्मान गरेका हुन ।राईले अस्पतालमा भिडियो एक्सरे सेवा जुटाईदिन पदाधिकारीहरुसँग अनुराेध गरेका छन् ।अस्पताल भित्रै सहुलियत दरमा फार्मेसी सेवा सँचालन गर्ने ,ईलेक्टा्ेनिक बिलिङ सिस्टम सुचारु गर्ने जस्ता कुराहरूलाइ प्राथमिइतामा राखेको राइले बताए ।

त्यस्तै मेयर खगेन्द्र राईले २०६५ सालमा प्राथमिक स्वास्थ केन्द्को स्तरबृद्दिकाे लागि निवेदन पेस गरेकाे बताए ।उक्त निवेदनकाे अाधारिक चिठ्ठि अहिलेसम्म नअाएपनि सरकारले स्वास्थ्य केन्द्र स्तर उन्नति काे लागि सँविधानमै उल्लेख गरेर अगाडि बढिसकेकोले खुसि महसुस भएकाे बताएका छन् ।

अस्पतालका सम्पुर्ण कर्मचारीहरुकाे क्वाटर सहितकाे भवन अायाेजनामा परिसकेको छ। अस्पतालले माग गरेका भिडियो एक्ससरे बहेक एक्ससरे मेसिन सहित विविध उपकरणहरु काठमाडौंकाे विभागमा बेल्टार प्राथमिक स्वास्थ्य केन्द्रको लागि छुट्याईसकेकाे हुदा तत्काल गएर ल्याउने जानकारी मेयर राईले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।