0 COMMENTS

कल्पना बाेहरा, साउन ११ अछाम /अछाम जिल्लामा आर्थिक बर्ष २०७३-७४ मा ३ करोड १५ लाख बढीको क्षति भएको पाईएको छ । आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङ, जंगली जनावर लगायतबाट जिल्लामा ३ करोड १५ लाख ६७ हजार ५ सय ८० रुपौंया बराबर क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

अछाममा याे बर्षमा सबैभन्दा बढी हावाहुरीका कारण १ करोड १७ लाख ५९ हजार २ सय ४० रुपैंया बराबरको क्षति भएको छ । हावाहुरीका कारण ६७ घरधुरी प्रभावित भएका छन् । यस्तै बाढीपहिरोबाट १ करोड १२ लाख ६५ हजार १ सय ४८ रुपैंया बराबरको क्षति भएको छ र ६७ घरधुरी प्रभावित भएका अछामका प्रहरी नायब उपरिक्षक निरञ्जनदत्त भट्टले बताए ।

यस्तै चट्याङबाट १ जनाको ज्यान जानुका साथै १ लाख ३० हजार क्षति भएको छ भने आगलागीबाट ८३ लाख ७३ हजार २ सय रुपैंया बराबर क्षति हुनुका साथै १४ घर जंगली जनावरबाट १ जनाको मृत्यु ३ जना व्यक्ति घाईते र ४ चौपाय मरेका छन् भने ४० हजार बराबरको क्षति भएको छ । यी सबै घटनामा ३ जनाको ज्यान गएको र १ सय ६५ घरधुरी प्रभावित भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।