0 COMMENTS

बासुदेब सेढाई,लमजुङ,साउन१०/गत सनिवार राती  लमजुङकाे बेंसीसहरमा लागेकाे अागाेका कारण अाफ्नाे पसल पुर्णरुपमा क्षति हुनपुगेका तीन जनालाई जनचेतना अामा समूह मनाङ्गे चाैतारा ले सहयाेग जुटायकाे छ ।

घटना भयकाे लगत्तै अामा समुहकाे नेतृत्वमा छिमेकी सबै एकजुट भयर सहयोग काे लागि जुटे विभिन्न ब्यक्ति संघ संस्था साथै पसलहरुमा समेत घरदैलो अभियान नै बनायर रकम जुटायका हुन् त्यसाे त एकजना माथि अापत अाईपर्दा सबै छिमेकी जुटेर सहयोग गर्ने लमजुङ बासिहरुकाे स्वभाव नै हाे । सहयोग , सद्भाव , एकता , दया , माया , करुणा काे भावनामा लमजुङबासिहरु अब्बल छन् । निस्वार्थ सहयोग र सेवालाई अाफ्नाे धर्म मान्छन् लमजुङ्गे हरु , अरुकाे दुख अाफ्नै दुख सम्झन्छन् त्यस्तै उदाहरण देखायो जनचेतना अामा समुहले । साेमबार दिनभर सहयोग संकलन गरेपछि मंगलबार बिहानै अग्नी पिडितहरुलाई साे संकलित रकम अामा समुहकि अध्यक्ष मिना रावल तथा महिला उद्दम की अध्यक्ष ईन्दु न्याैपाने ले संयुक्त रुपमा  हस्तान्तरण गरिएको थीयाे । संकलीत रकममा अामा समुहले संकलन गरेको १३६००० र लमजुङ उद्योग बाणिज्य संघ महिला उद्दमिहरुकाे तर्फबाट संकलित रकम ५३००० गरि झन्डै २००००० लाखकाे हाराहारीमा रहेकाे थीयाे ।

अाफुहरु संकटमा पर्दा तत्कालै राहत उपलब्ध गराइ सहयाेग गर्नु हुने  अामा समूह र महिला उद्दमिहरु प्रति पिडितहरुले धन्यवाद दियका थिय साथै भाबुक मुद्रामा सम्पूर्ण सहयोगी मनहरुप्रति सम्मान ब्यक्त गरीयकाे थियाे । सहयोग बाट उठेकाे रकम क्षतिकाे अाधारमा बितरण गरियकाे थियाे रकम हस्तान्तरण कार्यक्रम मा अामासमूह , उद्दमि महिला समूह , छिमेकी साथै संचारकर्मिहरुकाे पनि उपस्थिति थियाे उक्त कार्यक्रम ले सहयोगकाे भावनामा अझै  उर्जा थपेकाे छ  ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।