0 COMMENTS

काठमाडौं  १० साउन ०७४/ नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफ्नो भागमा परेका चार मन्त्रीको नाम पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

पौडेल समूहबाट रामकृष्ण यादव, सञ्जय गौतम, यज्ञबहादुर थापा र राजन केसीको नाम बुझाएको हो । यसअघि चर्चामा रहेका बलबहादुर केसीको नाम काटिएको छ । चर्चामा रहेका सरिता प्रसाई र कमला पन्तको पनि नाम सूचीमा छैन ।काँग्रेसले आफ्नो भागमा परेको १३ मन्त्रालयमध्ये उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रम मन्त्री फर्मुल्लाह मन्सुरलाई यसअघि नै नियुक्त गरिसकेको छ ।

बाँकी १० मन्त्रालयमा देउवा र पौडेल पक्षबाट ४–४ पूर्व महामन्त्री कृष्ण सिटौला र खुमबहादुर खड्काबाट एक–एक जना नियुक्त गर्ने तयारी छ । सिटौलाले भीमसेनदास प्रधान र खड्काले मोहन बहादुर बस्नेतलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

देउवाले भने मीन विश्वकर्मा, अर्जुन जोशी, बीरबहादुर बलायर र अम्बिका बस्नेतलाई मन्त्री बनाउने संभावना छ । देउवाले आफ्नो पार्टीसहित माओवादी केन्द्र, फोरम लोकतान्त्रिक र नेकपा संयुक्तबाट १८ जना मन्त्री थपेर मन्त्रीपरिषद विस्तार गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।