0 COMMENTS

रमिला बस्नेत ,उदयपुर,साउन १० /जोगिदहमा पूर्णसरसफाईको अनुगमन जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति (डिवाससीसी) ले जिल्लाको साविक जोगिदह गाविसमा संचालित सरसफाई कार्यक्रमको अनुगमन गरेको छ । त्रियुगा नगरपालिका वडा नं. १ को सदा वस्ती र वडा नं. २ को जोगिदह, मोथियाही गाउँमा संचालित पूर्ण सरसफाई कार्यक्रमको अनुगमन गरेको हो ।

डिवाससीसीका संयोजक गणेश प्रसाद दाहालको नेतृत्वमा त्रियुगा नगरपालिका, पत्रकार, खानेपानी डिभिजन कार्यालयका प्रतिनिधीहरुको टोलीले अनुगमन गरेको हो । अनुगमनको क्रममा जेवाससीसी उदयपुरका संयोजक कौशल चेम्जोङले सरसफाई भनेको मानिसको जीवन र वानी व्यवहारमा परिवर्तन गर्न निरन्तर गर्ने प्रक्रिया रहेकाले जोगिदहमा सररफाईको क्षेत्रमा निकै परिवर्तन आएको बताए । उनले भने ‘बिशेष गरि दलित र शैक्षिक अवस्था न्यून रहेको समुदाय र परिवारमा अझै मेहनत गर्नु पर्न छ ।’ डिवाससीसी उदयपुरका संयोजक एवम् स्थानीय विकास अधिकारी गणेश दाहालले सरकारी स्तरबाट नभएपनि गैरसरकारी क्षेत्रबाट केही प्रयास भएकोमा खुसी व्यक्त गरे । खानेपानी तथा सरसफाइ कोष विकास समिति (फनबोर्ड) को सहयोगमा पंचावती ग्रामीण विकास केन्द्रले साविका जोगिदह गाविसमा पूर्णसरसफाई कार्यक्रम संचालन गरिरहेको छ ।

पूर्ण सरसफाई सम्बन्धी कार्यक्रममा गाउँ खानेपानी सरसफाइ स्वच्छता समिति (भिवाससिसी)े पुनर्गठन, गाविसका सबै वडामा युवा र महिलाको छुट्टाछुट्टै समिति गठन, विद्यालयमा शिक्षक विद्यार्थीको सरसफाइ समिति गठन गरिएको पंचावती ग्रामिण विकास केन्द्र (पिआरडिसी) ले जनाएको छ ।

२०७३ श्रावण देखि संचालित सरसफाई कार्यक्रम अनुसार समिति गठन गर्ने र यसका लागि वातावरणीय सरसफाइसहित घरायसी सफाइअन्तर्गतका सातवटा सूचकका बारेमा तालिम संचालन गरिएको पिआरडिसीका प्रतिनिधी चण्डेश्वर श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार अनुगमनमा घरायसी सूचकमा शौचालयको उचित प्रयोग, साबुन पानीले हात धुने, स्वच्छ पानीको प्रयोग, सफा खाना, घर आँगन सरसफाइ, व्यक्तिगत सरसफाइ र गाई गोठको व्यवस्थापन लगायत निरिक्षण गरिएको थियो ।

फनवोर्डको पार्टनर एनजिओहरुको कार्यक्षेत्र रहेका साविक जोगिदह, रामपुर, बर्रे, पन्चावती, रिस्कु, लिम्पाटार, रुपाटार, लाफागाउँ, डुम्रे आँपटार, चौदण्डी गाविसहरुमा पूर्णसरसफाई पबद्र्धन गर्ने योजना अनुसार कार्यक्रम संचालन गरिएको पिआरडिसी उदयपुरले जनाएको छ ।
नेपाल सरकारले सन् २०३० सम्ममा देशलाई पूर्णसरसफाइयुक्त देश घोषणा गर्ने तयारीमा रहेपनि उदयपुर जिल्ला समन्वय समितिले भने सन् २०२५ भित्रमै यस जिल्लालाई पूर्णसरसफाइयुक्त जिल्ला घोषणा८८, गर्ने गरि पूर्ण सरसफाई योजना तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।