0 COMMENTS

काठमाडौं  ९ साउन०७४/ नेपाल टेलिकमले विभिन्न डाटा प्याकेज अब अनलाईनको माध्यमबाट पनि खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रुपमा विभिन्न अफर उपलब्ध गराएको छ ।त्यसैगरी सीडीएमए सेवामा रेगुलर र नाइट डाटा प्याकेज उपलब्ध गराएको टेलिकमले डाटा प्याकेज लिनका लागि अफर डट एनटीसी डट एनइटी डट एनपीमा लग अन गर्नुपर्ने र त्यसपछि आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेजहरु छनोट गर्न सकिने जनाएको हो ।

विभिन्न डाटा प्याकेजको मूल्य र समयावधि समेत देख्न सकिने गरि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नु पर्ने टेलिकमले आज विज्ञप्तीमाफर्त जानकारी दिएको छ । पीयूके नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिने पनि टेलिकमले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।