0 COMMENTS
बासुदेब सेढाई

नागरिकको कर बाट संकलित राज्यकोषमा जम्मा भयकाे रकम देशकाे बिकास निर्माण र अामनागरिककाे सेवा सुभिदामा भन्दापनि सिमित ब्यक्तिहरुकाे सुभिदा र बिलासि जिबनकाे लागि खर्च हुन थालेको छ जसले गर्दा अाम नागरिकहरुले खुसिले कर तिर्न गार्‍हो मान्छन् । राज्यको अार्थिक अबस्था हेरि सरकारका सम्पूर्ण कर्मचारीहरुलाई तलब लगायत अन्य सेवा सुभिदा राज्यले दिने गर्दछ दिनुपर्दछ तर पछिल्लो समय बिशिस्ट पदाधिकारीकाे नाममा दिईयकाे अत्याधिक सुभिदा भने जायज छैन ।

बेला बेला चर्चा चल्ने गर्दछ करोडौं काे गाडिकाे , लाखौंको सुत्ने पलङ काे , लाखौंको बस्ने साेफाहरुकाे , लाखौंलाख रुपैयाँ अाैसधि उपचार खर्चकाे , बिशिस्ट पदाधिकारी बस्ने घरभाडाकाे लगायत अन्य विभिन्न शिर्षक मा छुट्याईने रकमकाे किन यति धेरै सुभिदाभाेगि र बिलासि जिबनशैलि बिताउन चाहन्छन् नेपालका नेताहरू र बिशिस्ट कर्मचारिहरु ? बिकसित र सम्पन्न मुलुकमा भन्दा महंगो जिबनशैलि बिताउछन् नेपालका बिशिस्ट हरु ।

जब देशका नेताहरू र कर्मचारीहरु बिलासि जीवन शैलिमा भुलेर लठ्ठ पर्छन् तब देश र नागरिकहरु प्रतिकाे अाफ्नाे कर्तव्य भुल्दछन् किनकि उनिहरुकाे सम्पूर्ण ध्यान बिलासि जिन्दगीमा केन्द्रित हुन्छ । हुनत ढुकुटी काे डाडु पन्यु अाफ्नै हातमा भयपछि अाफुखुसि खान त पाईन्छ नै तर पनि अरुलाई अघायर पछाडि खाने भान्सेकाे धर्म हाे । हुनत राज्यको धर्म हुदैन भन्नेहरु धेरै छन् यहाँ । भनाईकाे मत्लब देश र नागरिकहरुलाई सम्पन्न बनाउनुस् अनि बल्ल अाफु सम्पन्न बन्नुस् भन्न खाेजेकाे हाे । एकातर्फ यसरी बढि सुभिदाभाेगि हुदा ढुकुटी काे दुरुपयोग भयकाे छ भने अर्कोतर्फ लुकायर ढुकुटी लुट्ने कार्य भ्रष्टाचार काे त झन् कुरै नगराै ढुकुटी काे रक्षागर्ने जिम्मेवारी पायका समेत भ्रष्टाचार मा मुछियपछि कसलाई के भन्ने ? नेपाल जस्तो देशमा अरबाैकाे भ्रष्टाचार हुनथालेपछि देशको बिकास कसरी सम्भब हुन्छ ? अाजकल भ्रष्टाचारको समाचार सामान्य लाग्न थालिसकेको छ किनकि याे ब्यक्तिगत , संस्थागत र संगठित तरिकाले देशैभर व्यापक छ । देशमा कानुन बनाउनेहरु भने चलाख हुन सानातिना लाई मात्रै लागुहुने कानुन बनायका छन् ।

राजनीतिक दलका नेता , सरकारका कर्मचारी लगायत कुनैपनि पदिय हैसियत मा रहेको ब्यक्तिले भ्रष्टाचार गरेमा स्वर्बस्वहरण गरि अाजिबन जेल हाल्ने ब्याबस्था हुनेहाे भने एकरुपैया पनि भ्रष्टाचार हुदैन पाँच बर्षमा मुलुक कायपलट हुन्छ तर यस्तो कानुन बनाउने कसले ? अाफ्ना ब्यक्तिगत वा दलिय स्वार्थमा महिनाै संसद अबरुद्ध गर्नेहरु यस्तो बिषयमा अावाज समेत उठाउदैनन् किन ? ९ , ९ मैना जम्बाे सरकार बनायर राज्यको ढुकुटीमा हालिमुहालि गर्न पल्केकाहरु स्थाई सरकारकाे बारेमा सुन्न समेत चाहदैनन् किन ? नागरिकले कार्यकारि राष्ट्रप्रमुख चुन्न पाउने अधिकारकाे बारेमा किन बाेल्दैनन् ? राष्ट्रघाति , बलात्कारि , भ्रष्टाचारि र ज्यानमारा लाई स्वर्बस्व सहित अाजिबन जेल सझाय हुने कानुन बन्नेहाे भने देशमा शान्ति कायम हुन्छ तर त्यस्तो कानुन बनाउने कसले ? यस्ता बिषयमा अावाज समेत उठ्दैन । राज्यको ढुकुटीकाे सदुपयोग गरेर बिकास निर्माण मा लगाउने हाे भने मुलुक चाडै सम्पन्न हुन्छ तर मुलुक सम्पन्न हुन दिदैनन् ।

जबसम्म याे देशमा राजनीतिक दलका नेता र उच्च तहका कर्मचारीहरु सादा जीवन र उच्च बिचारकाे अनुसरण गरेर देश र नागरिक प्रतिकाे जिम्मेवारी बाेध गर्दैनन् तब सम्म मुलुकमा बिकास काे सपना कसैले नदेख्दा हुन्छ । राज्यको ढुकुटी काे सदुपयोग हुने हाे र नागरिकहरुले सेबा सुभिदा पाउने हाे भने खुसिले नागरिकहरु करतिर्न चाहन्छन् । राज्यको ढुकुटी मा रहेको रकम नागरिकहरुकाे हाे त्यसैले यसकाे दुरुपयोग राेक्न नागरिक नै एकजुट हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।