भोजपुर ९साउन०७४/ भोजपुरको अरुण गाउँपालिका–५ याकुकी एघार वर्षिया गर्भवती बाललिकालाई उद्धार गरिएको छ । उनलाई उद्धार गरी बाल हेल्प लाइन विराटनगर पठाइएको छ । बालिकाको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै तत्कालका लागि सिविन नेपालले सञ्चालन गरेको बाल हेल्प लाइन विराटनगर पठाइएको हो ।
महिला तथा बालवालिका कार्यालय भोजपुरका महिला अधिकृत पुष्पलता उप्रतीले पीडितविरुद्धको मुद्दाको प्रक्रिया अगाडि बढेपछि बालिकालाई काठमाडौं लैजाने योजना रहेको जानकारी दिइन् ।
स्थानीय दुर्गाबहादुर श्रेष्ठले बलात्कार गरेपछि गर्भवती भएकी बालिकाको पेटमा अहिले ६ महिनाको गर्भ रहेको छ । श्रेष्ठविरुद्ध पीडित बालिकाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस्