0 COMMENTS

भक्तपुर, ९ साउन०७४/ नेकपा एमालेका सचिव प्रदिप ज्ञावलीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादीले आशन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफनो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबमा सोमबार (आज) आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञावलीले यस्तो बताएका हुन् । उनले नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताए ।

उनले सत्तारुढ दलकै कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको बताए । उनले एमाले संविधान संशोधन विरोध नभएको प्रष्ट पार्दै सचिव ज्ञावलीले सत्तारुढ दल एमालेसँगको सल्लाहबीनै मनोमानी रुपमा अघि बढेको बताएका छन् ।
तोकिएकै समयमा प्रदेश नं २ र अन्य दुईवटा तहको निर्वाचन हुनुपर्ने भन्दै उनले यी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा उदाउने दाबी गरेका छन् । निर्वाचन किस्ताबन्दीमा नभई प्रदेश र संसदको निर्वाचन एउटै समयमा गर्नुपर्ने भन्दै उनले यसका लागी एमाले तयार भएको बताए ।
उनले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारवाही गर्न नसकेको आरोप लगाएका छन । उनले यस घटनामा अदालत समेत कहि कतैबाट प्रभावीत भैरहेको आशंका समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।