0 COMMENTS

विराटनगर,९ साउन०७४ । नक्कली नोटसहित २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पूर्वी नेपालमा नक्कली नोटको कारोवारमा संलग्न विराटनगर महानगरपालिका (६ का २२ वर्षे संगित महतो र विराटनगर महानगर(७ का २१ वर्षे सुमन तोलाडीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ५०० सयका ३ सय ४८ थान अर्थात १ लाख ७४ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक समेत गरेको छ ।

उनीहरु दुवै पूर्वी नेपालमा नक्कली नोटको कारोवारमा संलग्न देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।