0 COMMENTS

रमिला बस्नेत ,उदयपुर, साउन ९ /अहिले निर्वाचन कार्यालय उदयपुरले संकलन गरिरहेको फोटो सहितको मतदाता नामावली बनाउनेको भिड लागेको छ । भर्खरै सम्पन्न भएको चुनावमा भोट माग्न हिडेपनि भोट हाल्न नपाएको पीडा लिएर सर्वसाधरण मतदाता नामावली बनाउने लाईनमा बसेका हुन ।

निर्वाचन आयोगले अव हुने प्रदेश र केन्द्रको चुनावको लागि साउन १ गतेदेखि १६ गतेसम्म मतदाता नामावली संकलन सुरु गरेपछि सर्वसाधरणहरु ८ वटै तहबाट जिल्ला निर्वाचन कार्यलय आईपुगेका छन ।  जिल्ला निर्वाचन कार्यालय उदयपुरका लेखा प्रमुख विजय गेलालका अनुसार मतदान गर्न नपाएको गुनासो गर्दै सर्वसाधरणहरु आउने गरेका छन । हामीले विहान ९ वजेदेखि साँझ ७ वजेसम्म मतदाता नामावली संकलन गर्ने गरेका छाैँ,’ उनले भने, तीन ग्रुपमा फोटो खिचाएर संकलन गर्दा पनि भ्याईन नभ्याइ हुने गरेको छ ।’

निर्वाचन कार्यालयका अनुसार हालसम्म एक हजार एकसय ६३ जनाको नाम दर्ता गरिएको छ । जसमा युवाहरु बढी छन भने बृद्धबृद्धाहरु, सुत्केरी महिलाहरु लाईनमा बसेका छन । जसमा महिलाको संख्या धेरै रहेको छ । स्थानीय निर्वाचनमा एक लाख ७५ हजार एकसय ६१ जनामध्ये एकलाख २१ हजार ७ सय ९७ ले मतदान गरेको थिए । गाँउमा रहेका नयाँ मतदाता, बृद्धाबृद्ध र विदेशबाट फर्कनेहरुको नामावली छुटेको बग्रेल्ती भेटिने गरेका छन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।