0 COMMENTS

काठमाडौं ९ साउन०७४ /भरतपुर महानगरपालिका–१९ को मतगणना विवाद सम्बन्धि मुद्धाकाे  बहसले अाज  पनि निरन्तरता पाउने भएकाे छ । बहसलाई हिजाे हेर्दा हेर्दैमा राखिएको थीयाे ।

हिजाे ८ गते  हेर्दा हेर्दैमा राखीएकाे साे मुद्दालार्इ अाज पनि  निरन्तरता दिएकाले  अन्तिम फैसला अाज हुने अनुमान गरिएको छ । साे मुद्दामाथीकाे बहस अाज पनि न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमै सुनुवाई हुने सर्वोच्चले जनाएको छ ।

भरतपुर १९ को विवादको पेसी तोकिएर पनि समय अभावको कारण देखाउदै पटक पटक स्थगित हुदै आएको थीयाे । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेकामा आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो ।

लामो समयसम्म निर्णय नहुँदा भरतपुर महानगरको काम कारबाही प्रभावित भएको छ । अन्तिम मतपरिणाम नआएकाले निर्वाचित वडा अध्यक्ष समेतले काम गर्न पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।