चौतारा ९ साउन ०७४/ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ ।
फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको छ।पुल भाँचिएपछि तातोपानीका बासिन्दालाई छिमेकी वडा र बाह्रबिसे आउनका लागि नाकाबन्दी नै लागेको छ ।
प्रतिक्रिया दिनुहोस्