0 COMMENTS

कल्पना बाेहरा ,साउन ८ अछाम/२० बर्ष पछि भएको स्थानीय तहको चुनावी मैदानमा हुँदा प्राय सबै उम्मेदवारहरुले जनतालाई समृद्ध स्थानीय तहको निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । चुनाबमा पराजय भएकाहरुलाई त खासै अप्ठेरो छैन होला किनकी चुनाबमा गरेका प्रतिबद्धताहरु पुरा गर्नै पर्ने बाध्यता छैन, तर निर्वाचित जनप्रतिनिधिहरुलाई भने काम गर्न सोचे जती सजिलो छैन । चुनावी मैदानमा रहँदा जनतालाई बाँडेका सपना साकार पर्ने चुनौती छ ।

अछाम जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु पनि आफ्नो प्रतिवद्धता पुरा गर्नै पर्ने बाध्यतामा देखिन्छन । कुन स्थानीय तहका जनप्रतिनिधीहरुले उत्कृष्ट काम गरे वा गरेनन् भन्ने बारे हेर्न त आगामी दिनहरु कुर्नै पर्ने हुन्छ । तर अहिले अछामका निर्वाचित जनप्रतिनिधिहरु आफुले गरेका प्रतिवद्धता पुरा गर्न लागिपरेका छन् ।

अछामको साँफेबगर नगरपालिका कृषि, पर्यटन, जलविद्युतको प्रचुर सम्भावना बोकेको र यसलाई जिल्लाकै प्रमुख आकर्षक तथा व्यापारिक केन्द्र समेत मानिन्छ । जहाँ खेती योग्य उर्वर भूमि, नेपालका चार धाम मध्येको एक बैद्यनाथधाम, कालिका देवीको मन्दिर, निर्माणाधिन बुढीगंगा जलविद्युत् आयोजना र खप्तड पर्यटन क्षेत्र जस्ता विकासका गौरव बोकेका क्षेत्रहरु पनि यही समेटिएका छन् । यो क्षेत्र निक्कै आकर्षक छ । त्यसैले साँफेबगर नगरपालिका पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।

अछाम जिल्लाका सबै स्थानीय तह भन्दा सुगम मानिने साँफेबगर नगरपालिकाको नेतृत्व कुल बहादुर कुँवरले सम्हालेका छन् । चुनावी मैदानमा कुँवरले साँफेबगर क्षेत्रभित्र पर्ने खेती योग्य जमिनको संरक्षण गरी कृषि उत्पादनमा बृद्धि, स्वरोजगार, बुढीगंगा, छिपेखोला लगाएतका नदीहरुमा तटबन्ध गरी कटान नियन्त्रण, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका काम गर्ने प्रतिवद्धताहरु जनाएका थिए ।
आफु मेयर निर्वाचित भइसकेपछि आफुले गरेका प्रतिवद्धता अनुरुपमा नै कुँवरले भावी योजना बनाउन थालेका छन् । एक घर एक रोक रोजगार र सबै वडाहरुमा ग्रामिण सडक लगाएतका विकासका कामहरु आफ्नो प्रमुख प्राथामिकतामा रहेको मेयर कुँवरकोे भनाइ छ ।
देउडा गित
डोटी राम्रो डडेलधुरा अछाम राम्रो साँफे,
मलाई पनि उडाई लैजा हिउँचुलीका डाँफे

अछाम लगाएत सुदुर पश्चिममै यो देउडा गित निकै प्रख्यात छ । बैद्यनाथ क्षेत्रलाई नेपालका चार धाम मध्येको एक महत्वपूर्ण पर्यटकीय धार्मिक स्थलको रुपमा लिइन्छ । यही साँफे नामले धेरै चर्चा कमाएकाले नगरको नामै साँफेबगर राखिएको हो । साँफेबगरका मेयर कुँवर साँफेबगरमा स्वदेशी तथा विदेशी पर्यटकहरु ल्याउने योजना बनिरहेको बताउँछन् ।

मेयर कुँवरले चुनावको बेला द्धन्द्धकालमा ध्वस्त भएको साँफेबगर विमानस्थललाई संचालनमा ल्याउने र आसपासका नागरिकहरुले सेवा पाउने आस्वसन दिएका थिए । यस्ता सबै प्रतिवद्धताहरु पुरा गर्न जनप्रतिनिधिलाई सहज त छैन । तर, साँफेबगर नगरपालिकाका उपमेयर बिर्मला बुडथापा यो क्षेत्रको पर्यटन विकास र कृषि क्षेत्रमा आनुधिकीकरणका लागि जस्तोसुकै परिस्थितिमा पनि काम गर्ने बताउँछन् ।

विकासको दृष्टिले पनि नगरहरु समृद्ध हुन्छन् । तर, साँफेबगर नगरपालिका भने खासै परिवर्तन भएको मानिदैन । तर स्थानीय स्तरमा रहेका स्रोत साधनलाई पहिचान गर्दै काम गर्ने हो भने साँफेबगरको मुहार फेर्न धेरै समय लाग्दैन । कृषि र पर्यटन सहित जलबिद्युत विकासमा जनप्रतिनिधिले ध्यान दिने हो भने अबको पाँच वर्षको अवधिमा साँफेबगरमा धेरै काम हुने देखिन्छ । तर, जनप्रतिनिधिले जिम्मेवारी पूर्वक काम गर्नुपर्ने हुन्छ । जनप्रतिनिधिले जिम्मेवारपूर्वक काम गरे अवश्य पनि आम नागरिकको साथ पाउनेछन् ।

नेपालको आर्थिक उपार्जनको पहिलो आधार कृषि नै हो । तर, कृषि क्षेत्र आधुनिकीकरण हुन नसक्दा कृषिमा आकर्षण घट्दो छ । हाम्रो लागि कृषि निर्भिकल्प जस्तै हो । त्यसैले साँफेबगरका जनप्रतिनिधिले कृषि क्षेत्रमै काम गर्ने योजना बनाउनु सकारात्मक सुरुवात मान्न सकिन्छ । तर, जनप्रतिनिधिले कृषि क्षेत्रमा काम गर्ने भनेर जसरी प्रतिवद्धता जनाएका थिए । त्यसरी नै काम गर्नु पर्छ । चुनावको बेला गरेको प्रतिवद्धता अनुसार जनप्रतिनिधिले काम गर्ने हो भने अबको पाँच वर्षमा विकासले नै देशका मुहार फेरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।