0 COMMENTS
अछाम ८ साउन०७४/ अछाममा यो वर्ष चामल अभाव हुने देखिएको छ । नेपाल खाद्य संस्थान शाखा कार्यालय मंगलसेन अछामका अनुसार गत आर्थिक वर्ष भन्दा चालु आर्थिक वर्षमा सरकारले अछामका लागि निश्चित गरेको चामलको कोटा अपुग हुने देखिएको हो ।
 
 आर्थिक वर्षको पहिलो एक हप्तामै २०० कुईन्टल भन्दा बढी चामल संस्थानवाट बिक्रि भईसकेको भन्दै शाखा प्रमुख राम बहादुर बमले यो वर्षका लागि अछाममा ५ हजार कुईन्टल चामल आवस्यक पर्नसक्ने बताए । बिशेषगरी मंगलसेनमा रहेको संस्थानको गोदामवाट मंगलसेन नगरपालिका र आसपासका क्षेत्रवाट दैनीक ४० देखी ५० जनाको संख्यामा स्थानिय चामल लिन आउने गरेका शाखा प्रमुख बलमे जनाए ।
 
उनले भने ‘गत वर्षको यहि समयमा चामल लिनेहरुको यस्तो भीड थिएन र पनि वर्षभरीमा २ हजार ९ सय ५० कुईन्टल चामल बिक्रि गरिएको थियो ।’ अव मंगलवार सम्म मात्रै स्थानियलाई चामल बिक्रिबितरण गरिने र नयाँ चामल नआउञ्जेलका लागि बितरण कार्य केही समय स्थिगित गरिने जनाईएको छ ।
 
२०० कुईन्टल कारागार तथा सम्भावित दैबी प्रकोपका लागि मौज्दात राख्नुपर्ने भएकाले नयाँ चामल नआँउञ्जेल बितरण नगरिने शाखा प्रमुख बमको भनाई छ । यो वर्ष नेपाल खाद्य संस्थानले अछामका लागि १ हजार कुईन्टल चामलको कोटा निर्धारण गरेको छ । निर्धारित कोटाको उक्त चामल ल्याँउनका लागि टेण्डर प्रक्रिया भईसकेको तर अछाम आईपुग्न केही समय लाग्ने बताईएको छ ।
 
अहिले गत वर्षको मौज्दात चामल बिक्रि गरिरहेको संस्थानले नयाँ चामल आए पनि यहि अनुपातमा दैनीक चामल जाँने हो भने भाद्रमै कोटा सकिने जनाएको छ  खाद्य संस्थानले अछाममा शाखा कार्यालय मंगलसेन संगै बिनायक र कमलबजारमा पनि एक÷एक हजार कुईन्टलका दरले चामलको कोटा छुट्याएको भएपनि त्यहाँ चामलै नआँउने समस्या रहेको कार्यालयले जनाएको छ । ठेकदाको लापरबाहीका कारण त्यहाँ समस्या रहेको उनले कार्यालयको भनाई छ । नेपाल खाद्य संस्थानले गुणस्तरिय चामल र गहुं उपभोक्ताहरुलाई बजारको दररेट भन्दा सहुलियतमा बिक्रि बितरण गरिरहेको जनाएको छ ।
 
उपभोक्तालाई ३० केजीको अरुवा मोटो चामल प्रतिकट्ठा एक हजार बिस रुपैयाँमा, मकवानपुर मोटो चामल ३० केजीको कट्ठालाई एक हजार एक सय ५५ र जिरा मसिनो चामल २५ केजीलाई प्रतिकट्ठा एक हजार ५ सय ५० का दरले बितरण गरिरहेको कार्यालय प्रमुख बलमे जाँनकारी गराए । 
   
आफु आईसकेपछि आईतबार र मंगलवार मात्रै बितरण हुने चामल शनिवार बाहेक सबै दिन बितरण गरिरहेको शाखा प्रमुख राम बहादुर बलमे बताएका छन । यो वर्ष जिल्लामा चामल अभाव हुने देखिएकाले सम्वन्धित सरोकारवाला निकायले चामलको कोटा थप्नका लागि तत्काल पहल गर्नुपर्ने उनले बताएका छन ।
 
गत वर्ष पनि १ हजार कुईन्टलको मात्रै कोटा रहेको भएपनि प्रमुख जिल्ला अधिकारी र आफ्नो पहलमा २ हजार कुईन्टल चामल थप भएको र त्यसले वर्षभरी धानेकोमा यो वर्ष त्यतिले पनि नपुग्ने कार्यालयको तथ्यंकले देखाएको छ ।  गत वर्ष भन्दा यो वर्ष जिल्लामा खाद्यान्न उत्पादनमा पनि कमी देखिएकाले चामलको माग बढ्ने समेत अनुमान गरिएको छ । हिउदे बालि गहुं भित्र्याँउनै लाग्दा असिनापानीले जिल्लाका अधिकाँश ठाँउमा नोक्सानी पुर्यायको थियो ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।