0 COMMENTS
कल्पना बाेहरा , साउन ८ अछाम/अछामकाे चौरपाटी गाउँपालिका प्रमुखमा पदमा पुनः मतगणना नगर्ने गरी आइतबार उच्च अदालत दिपायलले फैसला गरेको छ । उक्त गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार भीमबहादुर साउँदले पुनः मतगणनाको माग राख्दै असार २३ गते उच्च अदालत दिपायलमा मुद्धा दर्ता गरेका थिए ।
 
 उच्च अदालत दिपायलका न्यायाधिसद्धय चित्रदेव जोशी र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले उक्त गाउँपालकाको मत गणना पुनः नहुने गरी मुद्धा खारेज गरेको हो । अध्यक्ष पदमा विजयी भएका नेकपा (एमाले) का उम्मेद्वार हर्कबहादुर साउँदको पक्षमा फैसला गर्दै भीमबहादुर साउँदको मुद्धा खारेजी गरेको अधिवक्ता खडकबहादुर खड्काले जानकारी दिए ।मुद्धाको पक्षमा बाबुराम कुँवर सहित चार र प्रतिपक्षमा टिकाराम भट्टराइ सहित चार जनाले बहस गरेका थिए ।
 उच्च अदालतले निर्वाचन कसुर तथा सजाय ऐन अनुसार असार २३ गते नै नवनिर्वाचित अध्यक्ष हर्कबहादुरलाई आज अर्थात साउन ८ गतेसम्म कुनै कार्य नगर्न÷नगराउन हुन आदेश गरेको थियो । पराजित भएका भीमबहादुरले विजयी हर्कबहादुर साउँद, मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसेन, निर्वाचन अधिकृतको कार्यालय चौरपाटी, चौरपाटी गाउँपालिका निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपाने, जिल्ला निर्वाचन कार्यालय अछामलाई विपक्षी बनाएर मुद्धा दायर गरिएको थियो । 
 
निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भीमबहादुर साउँद एक मतले पराजित भएका थिए । विजयी भएका हर्कबहादुर साउँदले तीन हजार एक सय ३८ मत ल्याए भने भीमबहादुर साउँदले तीन हजार एक सय ३७ मत ल्याएर पराजित भएका थिए । सो गाउँपालिका उपप्रममुख भने नेपाली कांग्रेसका माया कुँवर विजयी भइसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।