काठमाडौं ८साउन ०७४/आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न माग गर्दै परेको रिटको आइतबार पनि सुनुवाई हुन सकेन ।
रिटमा सर्वोच्च अदालतमा आइतबारका लागि राखिएको बृहद् पूर्ण इजलास स्थगित भएको हो । बृहद् पूर्ण इजलासमा न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हा रहेका थिए ।विशेष अदालतमा समेत मुद्दा चलिरहेकाले त्यहाँको फाइल मगाउने निर्णय गरेर आइतबारको सुनुवाइ स्थगित भएको हो ।
शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले आफ्ना श्रीमानलाई गैरकानुनी तरिकाले थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरण रिट हालेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्