0 COMMENTS

रमिला बस्नेत ,उदयपुर, साउन ८/उदयपुरमा १८ वर्षदेखिन फरार रहेका एक अभियुक्त पक्राउ परेका छन्। ज्यान मुद्दाका फरार रहेका साबिक रौता गाविस-५ पुवारे हाल रौतामाई गाउँपालिका– ७ पुवारेका अभियुक्त नीरबहादुर मगरलाई प्रहरी चौकी सुकौराले शुक्रबार पक्राउ गरेको हो। स्थानीय श्रीबहादुर राईलाई करिब १८ वर्षअघि छुरा प्रहार गरी हत्या गरेर फरार रहेका मगरलाई स्थानीय राजन रायलाई सामान्य वादविवादमा कुटपिट गर्दा पक्राउ परेको सुकौरा प्रहरीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ। जिल्ला अदालत उदयपुरले मगरलाई राईको हत्या आरोपमा ६ वर्ष कैद सजायसमेत फैसला गरेको जिल्ला प्रहरी प्रमुख नरबहादुर केसीले बताए।

‘सामान्य वादविवादपछि रायलाई कुटपिट गरि घाइते बनाए पछि पक्राउ परेका मगरले रायलाई पनि प्रहरी हिरासतबाट उम्किएपछि काट्ने धम्की दिएका रहेछन्,’ उनले भने, ‘घाइते रायको विराटनगरस्थित अस्पतालमा उपचार भइरहेको छ भने अभियुक्त मगरलाई जेल चलानको तयारी गरिएको एस पि केसीले जनकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।