0 COMMENTS

रमिला बस्नेत ,उदयपुर ,साउन ८ /खोटाङका तीन वटा गाउँपालिकामा जाने बैंकको टुंगो लागेको छ । आफू जान चाहेको गाउँपालिका बैंकहरुले छानेर बुझाएपछि राष्ट्र बैंकले स्वीकार गरेको छ । राष्ट्र बैंकका अनुसार सेन्चुरी कमर्सियल बैंक लामिडाँडा गाउँपालिका, नेपाल एसबीआई बैंक साकेला गाउँपालिका र सनराइज बैंकले जन्तेढुंगा गाउँपालिकामा शाखा सञ्चालन गर्ने भएका हुन् ।

वाणिज्य बैंकले २ सय ४४ वटा स्थानीय तहमा जान आफु–आफुबीच भागबण्डा गरेका छन् । एक बैंक गएको स्थानमा अर्को बैंकको शाखा नजाने सहमती सहित बैंकहरुले सुची तयार पारेका हुन् । हाल ७ सय ४४ स्थानीय तहमध्ये ३ सय ३२ मा वाणिज्य बैंकको पहुँच पुगेको छैन् । बाँकी ४ सय १२ मध्ये तत्काल २ सय ५० स्थानमा जाने तयारी बैंकहरुले गरेका हुन् ।स्थानीय तहमा जाने बजेट पहिले सरकारी बैंकहरु कृषि बिकास बैंक र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा हुने र त्यहाँबाट वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

सञ्चित कोष खाता अनिवार्य रुपमा यिनै बैंकमा रहनुपर्ने व्यवस्था गरिएको भएपनि स्थानीयले खर्च र सञ्चालन खाता अन्य बैंक तथा वित्तीय संस्थामा समेत राख्न सक्ने व्यवस्था रहेको छ ।
सञ्चित कोष खातामा केन्द्र र प्रदेशबाट जाने अनुदान र स्थानीय तहले संकलन गर्ने राजस्व जम्मा गर्नुपर्ने हुन्छ । खोटाङका अन्य स्थानीय तहमा शाखा सञ्चालन गर्ने बैंकहरुको भने टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।