0 COMMENTS

लमजुङ,८  श्रावण २०७४/ बेंसीसहर नगरपालिका वडा नं. ७ हाइस्कुल चोकको एउटा घरमा मध्यरात आगलागी हुँदा ३ वटा पसल पूर्ण रुपमा क्षति भएको छ । आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । प्रहरीको अनुसार हेमप्रसाद घिमिरेको घरमा राति आगलागी भएको हो । उक्त घरमा रहेको रामबहादुर विकको सुनचाँदी पसल, मीना अधिकारीको तरकारी पसल र कृष्ण विकको किराना पसलमा आगलागी हुँदा पसल पूर्ण रुपमा क्षति भएको डीएसपी समीरचन्द्र खरेलले बताए । आगलागीबाट सुनचाँदी पसलमा रहेको केही सुनचाँदी, एउटा मोटरसाइकल, अन्य दुवै पसलमा रहेको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अधिकारीको पसलबाट केही नगद रुपैयाँ सकुशल झिक्न सफल भएको डीएसपी खरेलले बताए । उनका अनुसार अहिले बिहान मुचुल्का उठाउने तयारी गरेको छ ।प्रहरीका अनुसार शनिबार राति १ बजेर १० मिनेट जाँदा आगलागी भएको खबर प्राप्त भएको हो । त्यसपछि डीएसपीकै कमाण्डमा इन्सपेक्टरसहितको प्रहरी टोली, दमकल साथै स्थानीयले आगो निभाएका थिए । १ बजेर ४० मिनेट जाँदा आगलागी निभाउन सकिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रका क्रममा २ जना प्रहरी सामान्य घाइते भएका छन् । स्थानीयले उक्त घटना करिब साँढे १२ बजेतिर भएको बताएका छन् ।

पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको इन्सपेक्टर बुद्धिसागर पुरीले बताए । प्रहरी र स्थानीयले विद्युत् आउनेजाने समस्या साथै हाइ भोल्टेज आउनेजाने समस्याले फ्रिजमा विद्युत् सर्ट हुन गई आगलागी भएको हुनसक्ने बताएको छ । घटनामा मानवीय क्षति भएको छैन ।

कारण विद्युत्‌को तार, टेलिफोन तथा केवुल लाइनमा समेत क्षति पुगेको छ । आगलागीका कारण मनाङेचौतारा टोलमा विद्युत् आपूर्ति बन्द छ । घटनास्थलको अनुगमनको लागि प्रमुख जिल्ला अधिकारी युवराज मैनालीसहितको टोली पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।