0 COMMENTS

काभ्रे ७ साउन०७४/ पत्यानै नसकिने घटना । एउटै परिवारका चार जनाको सामुहिक हत्या वा आत्महत्या ? प्रश्न अनुत्तरित छ तर पनि घटना हुनुको प्रारम्भिक कारणहरु पटाक्षप हुँदैछ ।बनेपा नयाँ बसपार्कमा शुक्रबार राति निक्कै भिडभाड थियो । एउटै परिवारका चार जना सदस्यको रहस्यमय मृत्युले आम सर्वसाधरण बनेपा बसपर्कमा थुर्पिएका हुन् । कारण एकै परिवारका चार जनाको मृत्युको कारण केहो भन्ने जान्न। रातभर सर्वसाधरण जागा रहे तर पनि घटनाको चुरो आउन सकेको अझै छैन ।एकै परिवारका बावु ,आमा छोरा र छोरीको मृत्यु भएपछि अहिले बनेपा बसपार्क हजारौको संख्यामा सर्वसाधरण झुम्एिका छन् ।

शुक्रबार राती एकै परिवारका चार जना मृत अवस्थामा फेला परे । टुकुचा नाला डुुडामुखका बर्ष ६५ का हरिभक्त दाहाल उनकी श्रमती बर्ष ६० कि हरिमाया दाहाल उनका छोरा बर्ष ३२ का राजाराम दाहाल र उनकी छोरी बर्ष २५ की रन्जना दाहाल आफैले संचालन गर्दै आएको बनेपा नयाँ बसपार्कको गौतम भोजनालयमा मृत भेटिएका थिए । भित्रबाट सटर बन्द गरी ताल्चा लगाइएको सटर मुन्तिर प्रहरीले सिसा फुटेको देखेपछि आंशकामा सटर फुटाई हेर्दा सटरभित्र मृत अवस्थामा एकै परिवारका चार सदस्य मृत भेटिएका थिए । घटनामा सेल्फस विष प्रयोग गरिएकाले अत्यन्त्रै दुर्गन्धित छ । तीन वटा लाश भुईमा पल्टिएका अवस्थामा छ भने एउटा लाश (छोरीको) खाना खाने बेन्चमै छ । होटलका सर सामान सामान्य अवस्थामै देखिन्छ तर चार जनाको ज्यान गएको घटनाको चुरो कुरा अहिलेसम्म आउन सकेको छैन ।

शनिवार बिहानदेखि घटनाको प्रहरी अनुसन्धानको केन्द्रिय ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।बनेपा नयाँ बसपार्कमा खाना खाने होटल संचालन गरी व्यवसाय गर्दै आएका राजाराम दाहालका दुई श्रीमती छन् । दुई श्रीमति मध्ये जेठी श्रीमती कमला दाहाल ११ बर्ष अघि देखि भिन्न बस्दै आएकी थिइन् । छोरा जन्मिएको ६ दिनमै श्रीमानले कान्छी विवाह गरेपछि उनी भिन्न बस्दै आएकी थिइन् । बनेपामा श्रीमानको व्यवसाय भए पनि उनी भने बनेपादेखि ८ किलोमिटर पूर्व गाउँ टुकुचा नालामै बस्दै आएकी थिइन् । उनका एक छोरा र एक छोरी छन् भने राजारामकी कान्छी श्रीमती पुजा दाहाल बनेपामा राजारामसँगै होटल संचालन गर्दै आएकी थिइन् । सासु सुसुरा पनि गाउँमै बस्दै आएपनि छोराले बनेपामा केही समय अघि घर बनाएपछि शहरमै छोरा बुहारीसँगै बस्दै आएका थिए ।

घटनाको दिउँसो पुजा र परिवारका बिच मृतक नन्दको विवाहका विषयमा कुरा भएको र केही ठाकठुक परेको बताइन्छ । घटनाकै दिउँसो राजारामकी श्रीमती पुजा माइत गएको बताउछिन् । बहिनीको उमेर पुगेको र विवाह गर्नु पर्छ भन्ने विषयमा सल्लाह भएको हो केही ठाकठुक परेको हो त्यसपछि म माइत गए कान्छी श्रीमती पुजाले भनिन् ।यति ठूलो घटना हुनुपर्ने विषय त्यो थिएन – उनले भनिन् । आशंका विषयमा कहिले काही ठाकठुक पर्थ्यो जेठी श्रीमतीले छोराले जसरी लडेर पनि अंश लिने बताउँदा उहाँ आफै रुनु हुन्थ्यो । तर म सान्तवना दिएर संझाउथे किन यस्तो निर्णय लिनु भो मलाई थाहा भएन उनले भनिन् । गाउँलेहरुका अनुसार कान्छी श्रीमतीले आफूले कमाएको अंश किन दिने जेठी पट्टीको छोरालाई भनेर पुजाले श्रीमानलाई थर्काउने गरेको बताउँछन् ।

उनले आइतबारसम्म होटल छोडेर जान श्रीमानलाई उर्दी काटेको पनि गाउँलेहरुको दावी छ । गाउँको जग्गा पनि आफ्नो छोरा र जेठी पट्टीका लागि बराबर बाँड्न र शहरको भने आफैले कमाएकाले बाँड्न नपर्ने अडान कान्छीले लिदै आएकी थिइन । यद्यपी यस विषयमा पुजा भने गाउँको जग्गा जेठीलाई र यताको मेरो छोरालाई दिएर विवाद मिलाउन खोज्दा जेठीले नमानेको बताउछिन् ।
यहाँ हामीले जुठा भाडा माजेर कमाएको सम्पती बाँड्नु पर्छ छोराले भोली जे लिन सक्छ लिन्छ भन्थी गाउँको जग्गा पनि एउटैलाई दिन मिल्ने रहनेछ । त्यसैले एक रोपनी मध्ये आधा आधा बनाउ भन्दा एक महिना अघि केही ठाकुठुक परेको थियो । त्यो भन्दा ठुलो झगडा कहिलै परेको छैन पुँजाले भनिन् ।उता जेठी श्रीमती भने छोरा जन्मेको २० महिनामा म छुट्टै बसेकी हुँ मसँग राम्रोसँग बोलचाल थिएन । छोरो आजैका दिन १२ बर्ष पुग्यो । तर आजै बाबुको यो हाल भो । उनले भनिन् ।

के कारणले घटना भो मलाई केही थाहा छैन मेरो छोरा विरामी भएकाले म हिजोदेखिनै अस्पतालमा थिएँ । यता यस्तो भएछ उनले सुनाइन् । सत्यतथ्य बाहिर आहोस् उनले भनिन् ।घटनाका विषयमा अहिलेसम्म प्रहरीले मुख खोलेको छैन अनुसन्धानमै रहेकोले अहिले यसै हो भन्न सकिने अवस्था छैन जिल्ला प्रहरी प्रमुख एसपी शकुल बहादुर थापाले भने ।

यद्यपी दाहाल परिवारभित्र अंश विवादका कारण केही खटपट भएको बुझिए पनि घटना अझै रहस्यमय छ । परिवारका चारै जनाको मृत्युले अहिले आफन्त र छर छिमेकीहरु शोकाकुल छन् । दिनेश घिमिरे(सम्बाद मीडीया )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।