0 COMMENTS

अछाम,साउन ७/अछाममा नेकपा माओवादी केन्द्रको तर्फबाट ब्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्नुभएका सांसद जानकी कुमारी साउद (रावल) ले आफ्नो साँसद विकास कोषको रकमवाट दोस्रो एम्बुलेन्स खरिद गर्नुभएको छ ।

भौगोलिक रुपले बिकट र आवस्यक पूर्बधारको अभावका कारण सुत्केरी महिला र अन्य बिरामीहरुले समयमै अस्पतालसम्म नपुग्दा ज्याँनै गुमाउनुपर्ने अछामका ग्रामिण बस्तिको समस्यालाई मध्यनजर गर्दै एम्बुलेन्स खरिद गरिएको जनाईएको छ ।

साँसद साउदले समयमा अस्पताल पुग्नु नसक्दा वर्षेनी दर्जनौ स्थानियले ज्यान गुमाउनु परेको पिडा र भिरपाखामा लडेर समयमा औसधि उपचार गर्नु नसक्नु जस्ता समस्यालाई आफुले नजिकवाट बुझेर साँसद विकास कोषको रकमबाट जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा एक÷एक वटा एम्वुलेन्सको ब्यावस्था गरेको जाँनकारी दिनुभयो ।

आर्थिक बर्ष २०७१÷०७२ मा क्षेत्रनम्वर २ को लागि बिनायक स्वाथ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएकोमा गत आर्थिक बर्ष २०७३÷०७४ को रकमवाट क्षेत्र नम्बर १ को लागि रामारोशन गाउँपालिकाको भटाकाटिया स्वास्थ चौकीको लाई हस्तान्तरण गर्ने गरि एम्बुलेन्स खरिद गरिएको जाँनकारी गराँउनुभयो ।

अछामवाट पहिलो महिला सांसद समेत रहेकी नेता साउद ले एम्बुलेन्स मात्र नभयर आफ्नो साङसद बिकास कोष तथा निर्बाचन क्षेत्र बिकास कार्यक्रम बाट जिल्लाका बिभिन्न ठाँउमा अन्य विकासका योजनाहरु समेत निर्माण गरेको बताँउनुभएको छ ।

यस अगि खरिद गरिएको बिनायक स्वास्थ्यचौकीको एम्वुलेन्सले स्वास्थ्यचौकी मार्फत बिरामीहरुलाई सेवा प्रदान गरिरहेको छ भने भटाकाटिया स्वास्थ्य चौकीको लागि खरिद भएको एम्वुलेन्स काठमाण्डौ आईपुगेको र अवको केही दिनमै अछाम ल्यायर सम्वन्धित स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिने साँसद प्रतिनिधी शेरबहादुर बुढाले जाँनकारी दिनुभयो ।

कोषको करिब १४ लाखका लागतमा एम्वुलेन्स खरिद गरिएको उहाँको भनाई छ । ग्रामिण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुंचमा समेत आँउन नसकेका नागरिकलाई अति आवस्यकिय उपचारका लागि एम्वुलेन्स खरिद गरेर साँसद साउदले नतिजामुुखी काम गरेको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला ईञ्चार्ज मदन कुमार भुल रोशनले बताँउनुभयो ।

बिशेषगरी सुत्केरी महिला तथा बिभिन्न चोटपटकका कारण घाईते भई तत्काल सुविधा सम्पन्न अस्पताल पुगाँउनुपर्ने बिरामीहरुका लागि ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थालाई उपलब्ध गराईएका एम्वुलेन्सले निकै राहत हुने उहाको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।