0 COMMENTS

सप्तरी ७साउन०७४/ नकली नोटसहित एक युवक पक्राउ परेका छन् । पक्राउपर्नेमा राजविराज– १० का मुकेश यादव रहेका छन् । राजविराजबाट तिलाठीस्थित भारतीय बजार कुनौली पुगेपछि टेम्पो चालकलाई भाडा दिन नजिकैको पसलमा पाँच सय रुपयाँको नोट साट्न लाग्दा नक्कली भएको थाहा भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई राजविराजस्थित जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।