0 COMMENTS

काठमाडौं, ७ साउन ०७४ / राष्ट्रिय जनमोर्चाको रौतहट जिल्ला समिति नेकपा (माओवादी केन्द्र) मा विलय भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा सो पार्टीका जिल्ला अध्यक्षसहित सम्पूर्ण समिति नै माओवादी केन्द्रमा प्रवेश गरेको हो ।

कार्यक्रममा जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष लखिन्द्र साह, केन्द्रीय सदस्य जगमन्न राम, जिल्ला सचिव लक्ष्मणकुमार राम, जिल्ला सदस्य वीरेन्द्रकुमार शाह, रामबाबु साह, इदयन अन्सारीलगायत सम्पूर्ण जिल्ला समिति नै माओवादीमा प्रवेश गरेको हो ।

पार्टीमा प्रवेश गर्ने जनमोर्चाका नेतालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्वागत गरेका थिए ।सो अवसरमा अध्यक्ष प्रचण्डले सम्पूर्ण क्रान्तिकारी र जनपक्षीय शक्तिकाबीचमा एकताको अपरिहार्यता रहेको बताउँदै जनमोर्चाको जिल्ला समिति नै समाहित भएको यो सन्देश रौतहटका लागि मात्रै नभई मुलुककै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सहयोग पुगेको धारणा व्यक्त गरे ।

फरक÷फरक पार्टीमा बसेर नभई एकीकृत रुपमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन यस्ता एकताले बल पुग्ने बताउँदै यसले क्रान्तिकारीबीच थप संगठित हुन प्रेरितसमेत गर्ने छ भने । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।